बबई नदि घाटमा मानिस जलाईन्छ,सफाई गरिर्दैन

By Sushil basnet २२ जेष्ठ २०८१, मंगलवार ०६:०१ २२ जेष्ठ २०८१, मंगलवार ०६:०१ २२ जेष्ठ २०८१, मंगलवार ०६:०१

सुशील बस्नेत
तुलसीपुर,२१ जेठ

सीतलपुर बबई घाट भन्ने बित्तिकै मानीसको दाहसंस्कार गर्ने ठाँउको रुपमा परिचित छ । अत्यन्त पबित्र नदी बबईको पुलदेखि पश्चिम भागलाई दाहसंस्कार गर्ने स्थानको रुपमा प्रयोग गरिन्छ । दिनहुँ जसो एक दुई जनाको दाहसंस्कार गर्ने घाट तुलसीपुर उपमहानगरपालिकाको सीतलपुर घाट हो ।
तुलसीपुर उपहानगरपालिकाको अधिकासं वडाका मानिसहरुको मृत्यु भएमा दाह संस्कारका लागि यहि घाटमा पु–याईन्छ । छेउमा ठुलो सामुदायिक बन भएकाले पनि दाहसंस्कार गर्दा आबश्यक पर्ने काठ दाउरा प्रसस्त पाईने, नदिमा जहिले पनि पानी बगिरहने भएकाले दाहसंस्कारको लागि यही स्थान सबैको रोजाई छ । तर दाहसंस्कार गर्ने मलामी र परिवारका सदस्यले केवल मानीसको मृत शरिर लाई जलाउने उदेश्य मात्र देखिएको छ । जसका कारण अत्याधिक फोहरको डंगुर थुप्रीएको छ । स्थानीयले भन्छन, मसानघाटमा को र कसले सरसफाई गरिदिने ।
यसैबिच,मानव अधिकार तथा शान्ति समाजले २८ औ स्थापना दिवसको अवसरमा साता ब्यापी कार्यक्रम अन्तर्गत मंगलबार उक्त घाटमा रहेको फोहर ब्यबस्थापन गरेको छ । फोहर ब्यबस्थापन तथा सरफाईका लागि वडा नम्वर ११ का वडा अध्यक्ष मानव बहादुर रावत, वडा नम्वर १२ का अध्यक्ष खुशीराम चौधरी,उरहरी गाबिसका पूर्व वडा अध्यक्ष लिलाधर डिसी, अभियान्त एवम पत्रकार देवीराम कुसारी लगायत शान्ति समाजका बिभिन्न ब्यक्तिहरु बबई नदि घाटमा जुटनुभएको थियो । घाट सरसफाई पछि शान्ति समाजले आयोजीत कार्यक्रममा सहभागिहरुले यसप्रकारको अभियानले अरुलाई समेत प्रेणा दिने बताउनुभयो । फोहर ब्यबस्थापनका लागि डोजरको समेत प्रयोग गर्नुपरेको थियो । तुलसीपुर उपमहानगरपालिकाले शान्ति समाजको बबई घाट फोहर सरसफाई तथा फोहर ब्यबस्थापनका लागि डोजरको सहयोग गरेको समाजका कार्यबाहक सभापति कोमल डिसीले बताउनुभयो ।


मानिस र डोजरको साथ
तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ११ का वडा अध्यक्ष मानवबहादुर रावत र वडा नम्वर १२ का वडा अध्यक्ष खुशीराम चौधरी, शाखा सभापति कोमल डिसी, शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार,निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,शान्ति समाजका सचिव अमृत शर्मा र सदस्य रञ्जन गौतम,घाट ब्यबस्थापनमा जुटेका पत्रकार देबिराम कुसारी लगायत स्थानीय घाटमा पुग्दा आधा भाग जलेर कालो भएका सयौं काठ थुप्रीएका थिए भने मृत्यु भएका ब्यक्तिले प्रयोग गरेका तर दाहसंस्कार गर्दा नदि किनारामा छोडेका सुत्नेदेखि अन्य सामाग्रीको समेत डंगुर थुप्रीएको थियो ।
जलेको खरानीलाई पानीमा बगाउने, जलाउन प्रयोग गरेका काठ दाउँरा,अँगार,प्लास्टीक लगायत दाहसंस्कारका लागि प्रयोग भएका सामाग्रीको डँगुरलाई ब्यबस्थीत गर्ने तिर ध्यान भने पुगेको छैन ।

दाहसंस्कार गर्ने बबई नदि घाट सरसफाई र ब्यबस्थापनमा अन्यौलता
सितलपुर मन्दीरको नजिकको क्षेत्र भएका कारण केहीले मन्दीर ब्यबस्थापन समितिले यसको जिम्मा लिनुपर्छ भन्ने पक्षमा छन् । मन्दिर ब्यबस्थापन समिति मार्फत एक जना हेरालु ब्यक्ति मार्फत सरसफाई र ब्यबस्थापन गर्नुपर्छ, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का अध्यक्ष खुसीराम चौधरीले भन्नुहुन्छ । त्यसले गर्दा उक्त ब्यक्तिले मन्दीरको काममा मन्दीर हेर्छ भने दाहसंस्कार गर्न आएको मलामीहरु र परिवारजनसँग समन्वय गरि घाट ब्यबस्थापन गर्न सक्छ वडा अध्यक्ष चौधरीको भनाई छ । तर घाट पल्लो छेउमा ब्यापर गदै आएका तर काठ बैकंको कल्पनाकार पत्रकार देबीराम कुसारीले भने कुनै समिति गठन गर्दा ब्यबस्थापन चुस्तदुरुस्त हुने बताउनुभयो ।
छुटै समिति बनाउन तुलसीपुर उपमहानगरपालिकाले सहजीकरण गरिदिए बबई नदि घाटको फोहर ब्यबस्थापनका साथै सञ्चालनका लागि चाहिने आबश्यक खर्च समेट जुटाउन सकिने बिश्वास उहाँको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष मानबहादुर रावतले तत्कालै एउटा भेलाको आयोजना गर्न सुझाउनुभयो । पालिकाको सभा अघि एउटा समिति बनाउने र त्यसबाट अख्तीयारी प्रदान गरि अगाडी बढाउन सहज हुने उहाँले भन्नुभयो । उक्त घाट तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११,१२ र १३ को साधमा जोडिएको छ ।
शान्ति समाजले मंगलबार गरेको घाट सरसफाई अभियानका क्रममा यसको ब्यबस्थापनका लागि भने तीन वडा अध्यक्ष र त्यस प्रति चिन्ता गर्दै आएका ब्यक्ति बिच सहमति कायमको संकेत देखिएको छ । अव केही दिनमा भेला बसी त्यसबाट निकास निस्कने र भबिष्यमा सुन्दर घाट सितलपुर घाट हुने अपेक्षा गरिएको छ ।
यसक्रममा शान्ति समाजले जेठ २३ गते अन्तराष्ट्रिय वातावरण दिवस मनाई साता ब्यापी कार्यक्रमको समापन गर्दैछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *