Thu. Jul 30th, 2026

सुशील बस्नेत
तुलसीपुर,१४ साउन

नेपाल नेत्र ज्योति संघ राप्ती आखाँ अस्पताल रक्षाचौर परिसरमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न आँखा शल्यक्रिया भवनको बिहिबार उद्घाटन गरिएको छ ।
नेपाल–भारत विकास सहयोग अन्तर्गत भारतीय राजदूतावासको चार करोड २४ लाखमा ३८ हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको थियो । उक्त भवन निर्माणको ठेक्का सम्झौता संगै राप्ती आँखा अस्पताले आन्तरिक १ करोड रकम थप गरेको थियो । तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारी तथा भारत सरकारको आर्थिक अनुदानमा निर्माण गरिएको शल्यक्रिया भवनको भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजली ब्रैंडन र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । दुई तले भवनमा २० वटा कोठाहरु रहेका छन् ।
नेपाल नेत्र ज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षतामा उद्घाटन सत्रमा भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर गीतांजली ब्रैंडन, तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्का, लुम्विनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने,नेपाल नेत्रजयोति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख सम्शेर थापा,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाल नेत्रजयोति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सुचना अधिकारी बालाराम खडका र सहसचिव प्रणब खडकाले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *