दाङ, कात्तिक २९ गते
दाङमा साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा.हेमबहादुर केसीका अनुसार राजपुर गाउँपालिका २ खालगैरास्थित मटेरियाका ४९ वर्षीय रूपलाल चौधरीमाथि उहाकै साथी सोही ठाउँ बस्ने ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाइदिनुभएको थियो । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा उहाको आज बिहान ६ बजे मृत्यु भएको हो ।
चौधरीमाथि आगो लगाएपछि त्रिलोकसिंह भने फरार हुनुभएको प्रहरीले जनाएको छ ।
सँगै बसेर मदिरा सेवन गरेका रहेछन् । मदिरा सेवनपछि एक अर्काबीच भनाभन भएको रहेछ । सो क्रममा आफ्नो बाइकमा हाल्नका लागि बोतलमा भरेर ल्याइएको पेट्रोल त्रिलोकसिंहले चौधरीमाथि खनाएर आगो लगाएपछि फरार हुनुभएको हो ।
फरार भएका त्रिलोकसिंहलाई हिजै दाङको लमही नगरपालिका ५ रातोडाँडाबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

