ब्रेकिङ न्युज
Sun. May 31st, 2026

सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी किशोरीका आफन्तले २७ दिनपछि शव बुझे

चैत १९

सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षकी किशोरीका आफन्तले २७ दिनपछि शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहन बुढा थापाकाअनुसार कर्णाली प्रदेश अस्पतालमा रहेको शव आज आफन्तले बुझेका हुन् ।
पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले आदेश दिएपछि पीडित परिवार शव बुझ्न तयार भएका हुन् ।
फागुन २३ गते ट्युसन पढ्न घरबाट निस्केकी किशोरी वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि भएको आन्तरिक चोटका कारण अत्यधिक रक्तस्राव भई ज्यान गएको देखिएको छ ।
प्रहरी प्रतिवेदनमा एक जनाले बलात्कार गरेको र अचेत भएपछि साथीहरूले ज्यान जोगाउने पहल नगरेको उल्लेख छ । सरकारी वकिल कार्यालयले भने सामूहिक बलात्कारको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको छ । पक्राउ परेका किशोरीका प्रेमी भनिएकासहित चारै अभियुक्त १८ वर्षभन्दा कम उमेरका र एकै विद्यालयका विद्यार्थी हुन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *