काठमाण्डौ,२९ कार्तिक
त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षा नलिई पहिलो पटक एक सय जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ ।
विश्वविद्यालयको शिक्षण पेसामा विशिष्ट अनुभव बोकेका व्यक्तिलाई आकर्षित गर्ने रणनीति अनुसार यसरी उपप्राध्यापक नियुक्त गर्न लागिएको त्रिविले जनाएको छ । उपप्राध्यापक तहमा लिखित परीक्षा नलिई सिधै स्थायी सेवामा नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । त्रिविका लागि शिक्षक तथा कर्मचारी छनोट गरेर नियुक्तिका लागि सिफारिस गर्ने निकाय त्रिवि सेवा आयोगका अनुसार यसअघि थोरै सङ्ख्यामा सहप्राध्यापक र प्राध्यापकलाई पनि यसरी नै नियुक्त गरिएको थियो ।

