वैशाख ३०

कक्षा १० (एसईई) र ११–१२ को नतिजामा कर्णाली, मधेश र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका छन् ।
देशभरबाट यस पटक ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट ५१ प्रतिशत मात्र उत्तीर्ण भए । मधेशबाट साढे ५८ प्रतिशत र कर्णालीबाट ५९ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य भए । लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसतभन्दा पछाडि देखिएको छ । ६१ प्रतिशत मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भए । बागमती, गण्डकी र कोशी प्रदेशले भने प्रायः राष्ट्रिय औसतभन्दा राम्रो नतिजा निकाल्दै आएका छन् । यसपालि कोशीबाट साढे ७० प्रतिशत, गण्डकीबाट ७३ र बागमतीबाट ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।
सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेश प्रतिव्यक्ति आयमा पनि पछाडि छन् । आर्थिक सर्वेक्षण ०८१र८२ अनुसार प्रतिव्यक्ति जीडीपी अमेरिकी डलरमा बागमतीको २६०१, गण्डकीको १६२०, कोशीको १४०२, लुम्बिनीको १२०१, सुदूरपश्चिमको ११५३, कर्णालीको १०८९ र मधेशको ९३२ छ । सुदूरपश्चिम, मधेश र कर्णालीमा गरिबी राष्ट्रिय औसतभन्दा बढी छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार सुदूरपश्चिममा ३४.१६, कर्णालीमा २६.६९ र मधेशमा २२.५३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । ‘गरिबीको लघु क्षेत्र अनुमान’ प्रतिवेदन अनुसार औसत राष्ट्रिय गरिबी दर २०.२७ प्रतिशत छ ।

एसईईमा सुधार, ६६ प्रतिशत उत्तीर्ण
गतवर्ष एसईईमा देशभर ६२ प्रतिशत उत्तीर्ण हुँदा मधेशबाट २८, सुदूरपश्चिमबाट ५५, कर्णालीबाट ७० र लुम्बिनीबाट ५१ प्रतिशत उत्तीर्ण थिए ।गतवर्ष एसईईमा देशभर ६२ प्रतिशत उत्तीर्ण हुँदा मधेशबाट २८, सुदूरपश्चिमबाट ५५, कर्णालीबाट ७० र लुम्बिनीबाट ५१ प्रतिशत उत्तीर्ण थिए । गतवर्ष राष्ट्रिय औसतमा राम्रो देखिएको कर्णाली यसपालि खस्केको छ ।
गतवर्ष कक्षा १२ मा देशभर ६१ प्रतिशत उत्तीर्ण हुँदा कर्णालीबाट ५०, मधेशबाट साढे ५३, सुदूरपश्चिमबाट ५४ र लुम्बिनीबाट ५५ प्रतिशत उत्तीर्ण भएका थिए । कोशी, बागमती र गण्डकीबाट क्रमशः ६०, ७० र ६४ प्रतिशत उत्तीर्ण थिए । साक्षरता प्रतिशत कमजोर रहेको स्थानमा विद्यार्थीको सिकाइ उपलब्धि पनि कमजोर देखिन्छ । साक्षरता प्रतिशत मधेशमा ६८, सुदूरपश्चिममा ७३, कर्णालीमा ७६, कोशीमा ७८, लुम्बिनीमा ८०, बागमती र गण्डकीमा ८३ प्रतिशत हाराहारीमा छ ।
यस वर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्दा एसईईमा १५ सय ९७ जना विद्यार्थीले ४ जीपीए ल्याएको बोर्डले जनाएको छ । गतवर्ष ९ सय ७१ जनाले ४ जीपीए प्राप्त गरेका थिए । कोरोना महामारीका बेला २०७६ को एसईईमा होमसेन्टरमै उत्तरपुस्तिका परीक्षण गर्दा करिब ९ हजार विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *