कानुन ब्यबसायी र पत्रकार सोसल ईन्जीनियर ः उच्च अदालतका न्यायाधीश राना

सुशील बस्नेत
तुलसीपुर,१५ साउन

उच्च अदातल बार एकाई तुलसीपुरको १० औ बार्षिक साधारण सभा शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । साधारण सभा उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीश यज्ञबहादुर रानाले न्याय सम्पादनको क्षेत्रमा नागरिकलाई बिश्वासको वातावरण बढाउनुपर्ने बताउनुभयो । नागरिकको बिश्वास अदालत माथि कम्जोर भए लोकतन्त्र कम्जोर हुने धारणा राख्नुभएका न्यायाधीश रानाले न्याय सम्पादन प्रतिको जनआस्था बढाउन बार र पत्रकारले सोसल ईन्जीनियरको रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, न्याय सम्पादन प्रक्रियाको बारलाई पहिलो न्यायधीशको रुपमा अदालतले लिन सकिन्छ ।
उच्च अदालतका अर्का न्यायाधीश नरबहादुर खड्काले गत भदौ २३ र २४ गतेको घटनामा अदालत माथि समेत आक्रमण भएको स्मरण गर्नुभयो । तरपनि पूर्णरुपमा क्षति भएको उच्च अदालतबाट न्याय सम्पादनको क्षेत्रमा न्यायाधीश,न्यायीक क्षेत्रका कर्मचारी, कानून ब्यबसायी समेत बिचलित नभई गत आर्थिक बर्षमा ६८ प्रतिशत मुद्धा उच्च अदालतबाट फछर्यौट हुनु सुखद पक्ष भएको बताउनुभयो । न्याय क्षेत्रमा जनआस्था बढाउन चुनौतिपूर्ण रहेको भने उहाँले बताउनुभयो ।
संबिधान र कानुन एकथरी छन्, न्याय सम्पादन प्रक्रिया अर्को थरी र समाजको बुझाई फरक हुनु नै ठुलो चुनौति रहेको न्यायाधीश खडकाको बुझाई छ । त्यसका लागि बार,पत्रकार, नागरिक समाज र अदालत बिच अन्तरघुलन भई आम नागरिकलाई स्पष्ट रुपमा बुझाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
बरिष्ठ अधिबक्ता बिष्णुमणी धिताल,नेपाल बार एशोसियसनका केन्द्रीय सदस्य अधिबक्ता चिरिञ्जीबि तिलक्यानी,अधिबक्ता मोहन प्रसाद धिताल, अधिबक्ता रामशरण चौधरी,पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले बार र बेञ्च बिचको सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिनुभयो । मानव अधिकार,प्रेस स्वतन्त्रता र बैत्तिक स्वतन्त्रताका लागि कानूनी राज्य प्रणाली हुनका लागि अदालत,बार र सञ्चार क्षेत्र बिच एकअर्का बिच समन्वय र सहकार्य हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
उच्च अदालत बार एकाई तुलसीपुरका अध्यक्ष अधिबक्ता मधुसुदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अधिबक्ता भुवनेश्वर शर्माले सहजिकरण र सचिवको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिबेदन माथि केही संशोधन सहित कोषाध्यक्ष र सचिवको प्रतिबेदन सर्व सम्मत पारित गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *