वैशाख २ गते
नेपाल सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर स्थानीय तहले निर्णयविपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। तनहुँ, रुपन्देही र प्युठानका स्थानीय तहहरूले केन्द्रको निर्णयविपरीत वैशाख २ देखि भर्ना र पठनपाठन सुरु गरेका छन्। प्याब्सनले शिक्षा मन्त्रीलाई भेटेर १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णयमा ध्यानाकर्षण गराएको छ।
संविधानअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएकाले शैक्षिक सत्र सुरु गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
शैक्षिकसत्रको क्यालेन्डर मिलाउँदै
निजी विद्यालयहरूले पनि भित्रभित्रै विद्यार्थी भर्ना गरेको गुनासो आइरहेको छ । प्याब्सन काठमाडौंले वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने, वैशाख ७ गतेबाट विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर पूर्वतयारी कक्षाहरू सञ्चालन गर्ने र वैशाख १५ बाट नियमित कक्षाहरू सञ्चालन गर्ने सूचना जारी गरेको छ । यसैबीच बुधबार नै प्याब्सनको टोलीले शिक्षा मन्त्री सस्मित पोखरेललाई भेटेर ध्यानकर्षण गराएको छ । आइतबार बिदा र शैक्षिक सत्र ढिलाइ हुँदा क्यालेन्डर प्रभावित हुने निष्कर्ष निजी विद्यालय सञ्चालकहरूको छ । ‘
इन्धनमा आएको समस्याका कारण आइतबार बिदा र शैक्षिक सत्र १५ गतेबाट सञ्चालन गर्ने निर्णय केन्द्र सरकारले गरेको थियो । सरकारको यो निर्णयमा शैक्षिक संघसंस्था सन्तुष्ट छैनन् । यसअघि २ वैशाखबाट विद्यार्थी भर्ना सुरु गरिन्थ्यो ।

