साउन १३ गते

आज आषाढ शुक्ल पूर्णिमा,यस अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिन्छ । शिक्षा प्रदान गर्ने गुरुलाई सम्मान गर्दै शिष्यहरूले आज विशेष श्रद्धाभाव प्रकट गरेका छन् ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजन खुवाउनुका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।
गुरुपूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरिन्छ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *