सुशील बस्नेत
तुलसीपुर,१२ साउन
नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको आयोजनमा ६१ औ रक्त सञ्चार सेवा स्थापना दिवस मंगलबार तुलसीपुरमा मनाईएको छ । दिवसका अवसरमा रक्तदाताहरुलाई सम्मान गरिएको थियो । सबैभन्दा बढी संस्थागत तर्फ गत आर्थिक बर्षमा कारागार शाखा कार्यालय तुलसीपुरले १ सय ३६ प्वाईन्ट र नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले ९५ प्वाईन्ट रक्तदान गरेका छन् । नीजि बिद्यालय तर्फ ज्ञ्यान ज्योति कलेजले ५३ र हिमाल एकाडेमीले ४५ प्याईन्ट रक्तदान गरेका छन् । संस्थागत रुपमा रक्तदान गर्ने यी संघ संस्था र शैक्षिक संस्थालाई सम्मान गरिएको छ । त्यस्तै, नियमित रुपमा रक्तदान गर्ने तिर्थराज भुसाल,झग्गु भण्डारी, बसन्त गिरी,ऋषिराज भण्डारी र पदम पोख्रेललाई पनि दिवसको अवसरमा सम्मान गरिएको हो ।
सो अवसरमा दाङ जिल्लामा रक्तदाता र रक्त आपुर्तिको अबस्थाको बिश्लेषण सहित रक्त संचार केन्द्र घोराहीका ईन्चार्ज दिलीप न्यौपानेले प्रस्तुतिकरण गर्नुभएको थियो । रगत केहो ,मानिसको शरिरमा किन र कुन अबस्थामा प्रयोग गरिन्छ लगायतको प्रस्तुतिकरण संजीविनी शिक्षण हस्पीटलका मेडिकल डाईरेक्टर तथा कन्सल्टेन्ट फिजिसियन डा. बाचस्पति सुबेदीले प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिमा रक्तदाता ऋषिराज भण्डारी र तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बिमल के.सी.ले जिज्ञासा राख्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा नगरप्रमुख खड्काले रक्तदान गर्न सबै नागरिकलाई आह्वान गर्नुभयो । आफुले २८ औ पटक सम्म रक्तदान गरेको समेत जानकारी दिनुहुदै नगरप्रमुख खडकाले खेर जाने रगतले अर्काको जीवन बाँच्ने बताउनुभयो । तुलसीपुर स्थीत रक्त सञ्चार केन्द्रका लागि ब्लड कम्पोन्ट मेसीन १५ लाख मुल्य बराबरमा खरिद प्रक्रिया भई सकेको र यसै आर्थिक बर्षमा हस्तान्तरण गरिने समेत जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा स्थापना दिवसका दिन आफ्नो जन्मदिन परेको अवसरमा रक्तदाता शालिकराम वलीले १३ औ पटक कार्यक्रम स्थलमा रक्तदान गर्नुभएको थियो ।
२०२३ साल साउन १२ गतेका दिन रक्त सञ्चार सेवा शुरु भएको थियो । रेडक्रस सोसाईटीले प्रत्येक बर्ष यो दिवसलाई मनाउदै आएको छ । दिवसको अबसरमा आयोजीत कार्यक्रममा स्वागत मन्तब्य उपसभापति हरिहर पौड्ेलले र सञ्चालन रेडक्रस सोसाईटी दाङका मन्त्री प्रकास श्रीबन्दले गर्नुभएको थियो ।

