पुजा गुप्ता
तुलसीपुर, २० असार
तुलसीपुर क्षेत्रका मधेसी समुदायको संघ तुलसीपुर मधेसी समाज संघको ८ औ अधिबेशन शनिबार तुलसीपुरमा शनिबार सम्पन्न भएको छ ।
तुलसीपुर मधेसी समाज संघका अध्यक्ष दिपेन्द्र कुमार बानीयाँको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा संघको १५ औ साधारण सभा तथा ८ औ अधिबेसन सम्पन्न भएको हो ।
सो अवसरमा बिभिन्न ब्यक्तिले मधेसी समाजले पुरयाएको योगदानको चर्चा गरेका थिए । समाजलाई सहि ढंगले अगाडी बढाउन यसप्रकारका जाति प्रथाका संघ संस्थाले सामाजिक,सांस्कृति र सेवाभावमा बिकास गर्ने बताएका हुन ।
यसैबिच साधारण सभा तथा अधिबेसन उद्घाटन सत्रमा मधेसी समाजका अगुवा तथा योगदान गर्नुहुने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्जय गुप्ताले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *