दाङ, असार १२
पश्चिम दाङको ग्रामिण बस्तीका महिलाहरुले पहिलो पटक तालिममा सहभागि हुन पाउदा खुशी भएका छन् । शान्तिनगर गाँउपालिका वडा नम्वर २ का बिभिन्न टोलका महिलाहरुका लागि आयोजना गरिएको १ दिने नेतृत्व बिकास सम्बन्धी तालिममा सहभागिहरुले खुशि ब्यक्त गरेका हुन । ६० बर्ष सम्म उमेर समुहका ती महिलाहरुले हाल सम्म यसप्रकारको तालिम लिन नपाएको बताएका हुन । आफु,परिवार, समुदाय मात्र होईन भोलीका दिनमा अबसर पाए स्थानीय तहमा समेत नेतृत्व गर्न सक्ने सीप सिक्न पाएको उनीहरुको भनाई छ ।
राप्ती परोपकार संघ नेपालको आयोजना तथा शान्तिनगर गाँउपालिकाको आर्थिक सहयोगमा बिहीबार वडा नम्वर २ को बागमारेमा तालिम सञ्चालन गरिएको थियो । वडा सदस्य मन्सरी खडकाको अध्यक्षता एबम कार्यबाहक वडा अध्यक्ष देवा बि.क.को प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो ।
त्यसअवसरमा तालिममा सहभागि टिका श्रेष्ठले जिवनमा आबश्यक पर्ने तालिम प्राप्त गरेको तर समयअवधि निकै थोरै भएको बताउनुभयो । अव बजेट र योजना बनाउदा ध्यान दिन सुझाब दिनुभयो ।
कार्यबाहक वडा अध्यक्ष देवा बि.क.ले वडामा बजेट बिनियोजन नहुदा पालिकाले नै यसप्रकारको तालिम सञ्चालन गर्ने गरेको बताउनुभयो । आगामी दिनमा बिशेष ध्यान दिईने बताउनुभयो ।
शान्तिनगर गाँउपालिकाले ७ वटै वडाका बिभिन्न टोलबाट तालिममा सहभागि हुने महिलाहरुको छनौट गरिएको गाँउपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाथोकीले जानकारी दिनुभयो ।
प्रत्येक वडाका कम्तीमा ३५ जना टोलका महिलाहरुको सहभागिता हुने गरेका छन् ।
तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले हुनुहुन्छ भने तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सदस्य के वि वलीले गर्नुभएको थियो ।

