दाङ, असार ९

शान्तिनगर गाँउपालिकाले महिलाहरुको क्षमता विकासका लागि प्रशिक्षण दिन शुरु गरेको छ । राप्ती परोपकार संघ नेपालको आयोजना तथा शान्तिनगर गाँउपालिकाका ७ वटै वडाका बिभिन्न वडाबाट छनौट गरि तालिममा सहभागि गराइएको गाँउपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाथोकीले जानकारी दिनुभयो ।
प्रत्येक वडाका कम्तीमा ३५ जना टोलका महिलाहरुको सहभागिता हुने गरेको उहाँले बताउनुभयो । नेपालको संबिधानमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चितताको ब्यबस्था गरेको भएपनि बिभिन्न वडा तथा टोलमा गठन हुने समुह तथा समितिमा महिला सहभागिता कम हुने भएकाले क्षमता विकास तालिम दिनुपरेको वडा नम्वर ४ का अध्यक्ष गोपाल वलीले जानकारी दिनुभयो ।
वडा सदस्य रन्जीता वलीले घरभित्रको काममा मात्र ब्यस्त नभई महिलाहरु राज्यका हरेक निकायमा सहभागि हुनुपर्ने सु
दिनुभयो । उहाँले भन्नुभयो, अवसरहरु छन् तर ती अबसरलाई कसरी आफु अनुकुल बनाउन सकिन्छ भन्ने सोचको बिकासका लागि नेतृत्व बिकास तालिम आबश्यक रहेको भन्दै चर्चा गर्नुभयो ।
तालिममा सहभागि शान्तिनगर गाँउपालिका वडा नम्वर ४ खगडपुरकी हेमा योगीले यसप्रकारका कार्यक्रमले आफूहरुको आत्म बिश्वासमा ठुलो मद्धत गर्ने बताउनुभयो । तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले हुनुहुन्छ भने तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सदस्य के वि वलीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *