दाङ, असार १३

शान्तिनगर गाँउपालिकाका अतिबिकट बस्तीका महिलाहरुले बोल्ने कला सिक्ने अवसर पाएपछि खुशी भएका छन् । ग्रामिण बस्तीका महिलाहरुलाई उभीएर माईकबाट बोल्ने रहर धेरै छ तर आत्मबिश्वास नभएको बताउछन् । शान्तिनगर गाँउपालिकाको आर्थिक सहयोग र राप्ती परोपकार संघ नेपालको आयोजनामा वडा नम्वर १ मा आयोजना गरिएको महिलाको नेतृत्व विकास तथा सचेतना सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले आफनो परिचय दिन नसक्ने अबस्थाको जानकारी समेत गराएका थिए । तर तालिमबाट आत्मबिश्वास बढेको र उभिएर आफ्नो कुरा राख्न र परिचय दिन सक्ने भएको सहभागि पार्वती के.सी.ले बताउनुभयो ।
शुक्रबार तालिम समापन कार्यक्रममा सहभागिहरुलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष जंगबहादुर पुनले एक दिनको तालिमको प्रभाब हलबाटै प्रष्ट देख्न र सुन्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो । तालिममा सहभागिहरुलाई आफु, आफ्नो परिवार र समाजका लागि गरिने आनीबानि र ब्यबहारबाटै सरकारात्मक परिर्वतन गर्न सकिने सीप सिकेकोले यसलाई अधिक्तम उपयोग गर्न समेत अध्यक्ष पुनले आग्रह गर्नुभयो ।
शान्तिनगर गाँउपालिकाले ७ वटै वडाका बिभिन्न टोलबाट तालिममा सहभागि हुने महिलाहरुको छनौट गरिएको हो ।
प्रत्येक वडाका कम्तीमा ३५ जना टोलका महिलाहरुको सहभागि हुने गरेका छन् ।
तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले हुनुहुन्छ भने तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सदस्य के वि वलीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *