प्रबृत्ति शाह
तुलसीपुर, २ जेठ

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का बाल क्लवमा आबद्ध बिद्यार्थीहरुलाई बाल अधिकार र नेतृत्व विकास तालिम दिन शुरु गरिएको छ ।
वडाका सामुदायिक र नीजि गरि ८ वटा बिद्यालयमा गठन गरिएका बाल क्लवका पदाधिकारी र अन्य बालबालिकाहरुलाई बाल अधिकार, बाल बिबाह न्यूनिकरण,दुब्र्यसनी बिरुद्ध लगायतका बिषयमा तालिम दिन शुरु गरिएको वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जि.सी.ले जानकारी दिनुभयो । मंगलबार र बुधबारको तालिममा सहभागि ती बालबालिकाहरुले बिद्यालय,टोल र समुदायमा बाल संरक्षण,बाल बिकास,बाल सहभागिता लगायतका अधिकारका क्षेत्रमा सक्रिय रुपमा भूमिका खेल्ने अपेक्षा गरिएको वडा अध्यक्ष जि.सी.ले बताउनुभयो ।
तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्छ । तालिम उद्घाटन कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष के.सी.ले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *