पुजा गुप्ता

तुलसीपुर,२५ भदौ

संचारीका समूह दाङले बिपद्मा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम बिहीबार तुलसीपुरमा सम्पन्न गरेको छ । बिगतका बर्षमा मनाउदै आएको हरितालिका तिजलाई यसपालि बिपद् ब्यबस्थापनका सवालमा बिभिन्न पक्षहरुसँग अन्तरक्रिया गरि मनाएको समूहका सचिव दिप्ती शिखा चौधरीले जानकारी दिनुभयो ।
बिपद्को समयमा सही,बिश्वसनीय र समयमै सूचना प्रबाह गर्न सञ्चार क्षेत्रको भूमिका कस्तो हुन्छ ?साथै बिपद् ब्यबस्थापन र जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमले के कस्ता जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने बिषयबस्तुमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीले आफ्नो अनूभव र दृष्टिकोण राख्नुभएको थियो ।
बिपद् जोखिम न्यूनीकरण तथा विपद् ब्यबस्थापनमा सञ्चार क्षेत्र र नीजि क्षेत्र बीच कस्तो समन्वय र सहकार्य आवश्यक छ ? यस क्षेत्रमा उद्योग बाणिज्य संघको अनुभव,भूमीका र आगामी कार्ययोजना बारे तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले प्रष्टयाउनुभएको थियो ।
मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले विपद्का कारण प्रभाबित नागरिकहरुको जीवन,सुरक्षा,सम्मान र आधारभूत अधिकार सुनिश्चित गर्न मानव अधिकारकर्मीहरुको भूमीका कस्तो हुनुपर्छ ? विपद्को अबस्थामा संरक्षणका लागि तपाईहरुले के कस्ता पहल गदै आउनुभएको छ ? भन्ने बारेमा बिस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।
विपद् ब्यबस्थापनमा सञ्चार क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ? सञ्चारकर्मीले के के कुरालाई ध्यान दिनुपर्छ भन्ने बिषयमा संचारीका समूह दाङका सल्लाहकार सुलोचना गौतमले स्पष्ट पार्नुभएको थियो ।
विपद् पछि महिला तथा वालवालिकाहरु माथि बढ्न सक्ने लैङिक जोखिम, हिंसा र अन्य संवेदनशिल अबस्थालाई सम्वोधन गर्न महिला अधिकारकर्मीहरुको कस्तो भूमीका निर्वाह गरिरहेका छन् ? पछिल्ला विपद्का घटनाक्रममा तपाईको प्रत्यक्ष अनूभव र पहल कस्तो रह्यो ? भन्ने सवालमा महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी उपाध्यक्ष पदमा चौधरीले जानकारी गराउनुभएको थियो ।
परम्परा र संस्कृति संरक्षणसँगै महिला उद्यमशिलतालाई जोडेर तपाईहरुले कस्ता काम गर्दै आउनुभएको छ ? विपद्को सयममा महिला उद्यमी तथा स्थानीय उत्पादन र सांस्कृति पहिचान गराउन उद्यमशीलताको भूमीका कस्तो हुनुपर्छ ? भन्ने बारेमा पशुपति सहकारी संस्थाका अध्यक्ष यमुना कँडेल शाहले स्पष्ट पार्नुभएको थियो ।
संचारीका समूह दाङका अध्यक्ष रंजीता अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष बसुन्धरा गौतम,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरी,युनियनका जिल्ला उपाध्यक्ष यमकला भूषाल,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्याल,जनजाति पत्रकार संघ दाङका सचिव एच आर मगर,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी,सामाजिक रुपान्तरण मञ्चका अध्यक्ष सुशीला आचार्य,थारु पत्रकार संघ दाङका अध्यक्ष नीता चौधरी लगायतले विपद् ब्यस्थापनका बिषयमा आ आफ्ना धारणा राख्नुभएको थियो ।
समूहका सचिव दिप्तीशिखा चौधरीले सहजिकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष उमा भण्डारी र धन्यबाद ज्ञापन समूहका सदस्य जयन्ती चौधरीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *