प्रबृत्ति शाह
रगैचा,३० जेठ
शान्तिनगर गाँउपालिकाले झण्डै ३ सय बढि महिलालाई नेतृत्व तथा सचेतना सम्बन्धि अभिमुखीकरण कार्यक्रम दिन शुरु गरेको छ ।
७ वटै वडाका बिभिन्न टोलका ग्रामीण बस्तीका महिलाहरुको नेतृत्व बिकासका लागि अभिमुखीकरण कार्यक्रम शुरु गरिएको शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो । राप्ती परोपकार नेपालको आयोजना तथा शान्तिनगर गाँउपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा एक एक दिन महिला अधिकार,महिलाको संबैधानिक अधिकार र नेतृत्व बिकास सम्बन्धी बिषयमा अभिमुखीकरण गरिएको शान्तिनगर गाँउपालिका वडा नम्वर ७ का अध्यक्ष तारा बहादुर वलीले जानकारी दिनुभयो ।
गत जेठ २७ गते शान्तिनगर गाँउपालिकाका वडा नम्वर ७ मा आयोजक संस्था राप्ती परोपकार नेपालका बरिष्ठ उपाध्यक्ष गोरख वलीको अध्यक्षता,गाँउपालिकाका प्रमुख प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा अभिमुखिकरणको शुभारम्भ गरिएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका गणेश भण्डारीले गर्नुभएको थियो । यस्तै,शान्तिनगर गाँउपालिका वडा नम्वर ५ रगैचा स्थीत वडा कार्यालयको सभाहलमा उक्त वडाका बिभिन्न टोलका महिलाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको वडा कार्यालय सचिव घनश्याम वलीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य के. वि. वलीले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले गर्नुभएको थियो ।

