सक्सेस एकेडेमीका बिद्यार्थीले गरे सरसफाइ तथा वृक्षारोपण

तुलसीपुर, जेठ २४

सक्सेस एकेडेमीले तुलसीपुर उपमहानगरपालिका–९, बेलुवास्थित भद्रकाली टोल विकास संस्थाको समन्वयमा वृक्षारोपण तथा सरसफाई गरेको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ का दिन वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृक्षारोपण तथा सरसफाई अभियान सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक प्रदीप वलीले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाई तथा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन । बिद्यालयको आयोजनामा सहभागी भएकाहरुले “आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण निर्माण गर्छ” भन्ने सन्देशलाई आत्मसाथ गर्दै वृक्षारोपणमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । उनीहरुले वृक्षारोपण तथा सरसफाई कार्यक्रमले वातावरण संरक्षणको सन्देश प्रवाह गर्नुका साथै विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् ।
सो अवसरमा स्थानीय समाजसेवी, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका शिक्षक शिक्षीका तथा बिद्यालय परिवार तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रदीप ओलीको अध्यक्षता एवम भद्रकाली टोल विकास संस्थाका सचिव नारायण प्रसाद के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको सक्सेस इको क्लब का सदस्यहरूले सक्रिय भूमिका खेलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि के.सी. ले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक ओलीले वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै वृक्षारोपणलाई केवल एक दिनको कार्यक्रमका रूपमा नभई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने धारणा राख्नुभयो ।
सह–प्रधानाध्यापक गोपाल गिरीले विद्यार्थीहरूलाई प्रकृतिप्रति प्रेम, संरक्षण र जिम्मेवारीको भावना विकास गर्न आग्रह गर्नुभयो । कार्यक्रमको समायोजन नेत्रमणी पाण्डेले गर्नु भएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *