सुशील बस्नेत
दाङ,१५ कार्तिक
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले उपभोक्ता अधिकार सम्बन्धि नागरिक संवाद सम्पन्न गरेको छ । दिपावली,छठ र नेपाल सम्वत लगायत पर्वको अवसरमा बिहीबार उपभोक्ता अधिकार सम्बन्धि नागरिक संवाद आयोजना गरिएको शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो ।
नागरिक संवाद कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले कानून निर्माण गरिएको भएपनि कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । तिहारका समयमा मिठाईका परिकारमा मिसावट, बिषाक्त तरकारी खानुपर्ने अबस्था सृजना भईरहेको उहाँले बताउनुभयो । त्यसका लागि प्राबिधिक रुपमा छलफल र त्यस्ता कार्यलाई नियन्त्रण गर्न प्रयास जारिरहेको बताउनुभयो ।
नागरिक संंवाद कार्यक्रममा कपडा ब्यबसाय अर्थात फेन्सी कपडाको मुल्यमा एकरुपता हुन नसकेको, मिठाई जन्य बस्तु, तरकारी र फलफुलमा बिषाक्त पदार्थको अधिक्तम प्रयोग, औषधि ब्यबसायीको दर्ता प्रक्रिया र प्रतिबन्ध गरिएका औषधिको बिक्रि गरि दुब्र्यसनीहरुको पहँच गराएको, सुधार गृहहरुको मापदण्ड माथि प्रस्न उठने गरेको, आतिसबाजीरुपमा पटका पटकाउदा ध्वनी र वातावरणमा नकारात्मक असर पर्दै गएको लगायतका बिषय केन्द्रित भएका थिए ।
उपभोक्ता अदालत गठन गर्ने ब्यबस्था कानुनमा भएपनि हाल काठमाण्डौ जिल्लामा मात्र भएको आगामी दिनमा सबै जिल्लामा गठन गरिनुपर्ने लगायतका बिषयमा सहभागिहरुले जोड दिएका थिए ।
शान्ति समाजमा निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले उपभोक्ता अधिकार सम्बन्धि संबैधानिक तथा कानुनी ब्यबस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । सो अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल सिंह ठकुरी,उच्च अदालत बार एशोसियसनका प्रतिनिधि श्रीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष बिश्व बस्नेत, तुलसीपुर चेम्वर अफ कर्मशका अध्यक्ष ऋषिराज भण्डारी, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी,शान्ति समाजका केन्द्रिय सदस्य तुलसीराम सुनार, शान्ति समाजका पूर्व केन्द्रिय उपसभापति एवम अधिबक्ता मोहन प्रसाद धिताल,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्व अध्यक्ष एवम अधिकारकर्मी नवराज लामिछाने, शान्ति समाजका कोषाध्यक्ष एवम अधिकारकर्मी निर्मला गौतम,अपाङ समाज सुधार केन्द्रका प्रबन्ध निर्देशक हुमाकान्त कँडेल लगायतले नागरिक संवादमा आ आफ्ना भनाई राख्नुभएको थियो । सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति अमृत प्रसाद शर्माले र सहजिकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो ।
नेपालको संबिधन २०७२ मा मौलिक हकको दफा ४४ मा उपभोक्ताको हक ब्यबस्था छ । संबैधानिक अधिकार अन्तर्गत ब्यबस्था भए बमोजिम दफा ४४ को (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने हकको ब्यबस्था गरेको छ । भने उपदफा (२) मा गुणस्तरहीन बस्तु वा सेवा बाट क्षति पुगेको ब्यक्तिलाई कानून बमोजिम क्षतिपुिर्त पाउने हक छ । त्यस्तै, जनोपयोगी वस्तु र सेवाको गुणस्तर लेबल कायम राख्नका लागि तथा उपभोक्ताको अधिकार संरक्षण गर्नका लागि आवश्यक वस्तु ऐन २०१२, आवश्यक सेवा सञ्चालन ऐन २०१४, खाद्य ऐन २०२३, मदिरा ऐन २०३१, वन ऐन २०४९, जलस्रोत ऐन २०४९,उपभोक्ता संरक्षण ऐन, २०७५, वातावरण संरक्षण ऐन २०७५, नेपाल एजेन्सी ऐन २०१४, आवश्यक पदार्थ नियन्त्रण अधिकार ऐन २०१७ र मुलुकी अपराध संहिता ऐन २०७४ आदि ऐनमा विभिन्न व्यवस्था गरेको छ ।
