न्याय सम्पादनलाई निगरानी गर्न अधिकारकर्मीहरुलाई आग्रह ः मुख्यन्यायाधीश पाण्डे

By Sushil basnet २६ श्रावण २०८१, शनिबार १०:३४ २६ श्रावण २०८१, शनिबार १०:३४ २६ श्रावण २०८१, शनिबार १०:३४

सुशील बस्नेत
दाङ,२६ साउन
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले अदालतको न्याय सम्पादनलाई निगरानी गर्न अधिकारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । तुलसीपुरमा शनिबार मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २७ औ साधारण सभा उद्घाटन कार्यक्रममा मुख्य न्यायाधीश पाण्डेले न्याय सम्पादनमा ढिला सुस्ती र गुनासोमा कमि ल्याउन प्रयास भईरहेको उहाँले बताउनुभयो । त्यसका लागि पनि समाजमा एदाकदा आउने गुनासो र न्यायले गर्ने न्याय सम्पादनलाई नजिकबाट निगरानी गर्नुपर्नेमा जोड उहाँले दिनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले मानव अधिकारको दायरा फराकिलो भएकाले कर्णालीका नागरिक र काठमाण्डौहरुको अधिकारमा बिभेद हुन नहुने बताउनुभयो ।
दंङगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी,बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्री र शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले नागरिकको अधिकारलाई सुनिश्चीत गर्न बिभिन्न कानुन बाधक भएकाले अधिकारकर्मीहरुले संवाद गरिदिन आह्वान गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कार्यसमितिका सल्लाहकारद्धय उत्तम पुडासैनी र गोबिन्द खनाल,सचिव एबम परिवेक्षक सन्तोष अधिकारी क्षेत्री,र निर्मल नेपाली, निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी,दाङ शाखाका पूर्व सभापतिहरु डिल्लीराज धिताल र मोहन धिताल,प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी,राप्ती बबई क्याम्पसका प्रमुख गणेश पाद्र्ये,उच्च अदालत बारका उपाध्यक्ष श्रीराम चौधरी,थारु कल्याणकारी सभाका कोषाध्यक्ष चुर्ण चौधरी,राष्ट्रिय अपाङ महासंघका प्रदेश उपाध्यक्ष देवा डाँगी,प्याब्सनका प्रदेश अध्यक्ष लालहरी पाण्डे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
शान्ति समाज दाङका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्व एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको प्रमुख आतित्थ्यतामा उद्घाटन सत्र सुरु गरिएको थियो ।
२ बर्षका लागि कार्यसमिति गठन
निर्वाचन समितिका संयोजक मोहन प्रसाद धितालका अनुसार ११ सदस्य कार्यसमिति र्निबिरोध निर्वाचित भएको छ । जसमा कोमल डाँगी सभापति ,अमृत प्रसाद शर्मा उप सभापति,माधव बस्नेत सचिव,मधुसुदन गौतम सहसचिव र निर्मला कुमारी पोख्रेल कोषाध्यक्ष हुनुहुन्छ । त्यस्तै र्निबिरोध सदस्यमा राजनी शाह,भिम लाल मरासिनी, रन्जन राज गौतम,दिपक केसी,भिम कुमारी सुनार र नारायणी वली हुनुहुन्छ । भने आज शनिबार नव निर्वाचित कार्यसमितिले दुई जना महिला सदस्य मनोनित गरेको शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो । जसमा बमकुमारी खडका र बबिता कार्की हुनुहुन्छ । बाँकी २ जना सदस्य अर्को बैठकले मनोनय गर्ने डाँगीले जानकारी दिनुभयो । शान्ति समाजको बिधान अनुसार कार्यसमितिमा ४० प्रतिसत महिला र १ जना दलित समुदायको अनिवार्य हुने ब्यबस्था छ भने संभव भए एक जना अपाङगता भएको ब्यक्ति कार्यसमितिमा हुनुपर्ने छ । नव निर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम पनि शनिबार नै भएको छ । शान्ति समाज दाङ शाखाका १०३ जना आजिवन सदस्य रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *