सुशील बस्नेत
तुलसीपुर,१८ जेठ
मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान गरिएको छ । शान्ति समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा तुलसीपुर स्थीत कालीकादेवि भवनमा १३ जना रक्तदाताहरुले रक्तदान गरेका हुन ।
पहिलो पटक रक्तदान गर्न पाउँदा असाध्य खुशी लगागेको बिशेषता के.सी.ले बताउनुभयो । राष्ट्रिय अनुसन्धानमा कार्यरत बुबासँग रक्तदानका लागि आएकी बिशेषताले रक्तदान गर्दा आफुपनि स्वस्थ्य हुने र बिरामीले जिवन पाउने बताउनुभयो ।
उहाँका बुवा रेशमबहादुर के.सी.ले पनि रक्तदान गर्नुभएको थियो । उहाँले भन्नुभयो, मानव अधिकारको क्षेत्रमा काम गर्ने स्वयमसेवि संस्थाले रक्तदानको आयोजना गरेको छोरीलाई सुनाए छोरीले पनि पहिलो पटक रक्तदान गर्न तयार भईन र बाबु छोरीले रक्तदानमा सहभागि हुन पायौं । रक्तदान पहिलो पटक गर्ने अर्की मिना बुढा चौधरीले पनि खुशी ब्यक्त गर्नुभयो । स्वस्थ्य मानिसको खेर जाने रगतलाई दान गर्दा अर्काे बिरामीले जिवनको बरदान पाँउछ त्यसैले रक्तदान गर्दै छु , उहाँले भन्नुभयो ।
उहाँहरु बाहेक शान्ति समाजका कार्यबाहक सभापति कोमल डिसी, सचिव अमृत प्रसाद शर्मा, बिशेष श्रेष्ठ,दिपक शर्मा,शंकर बुढा, कर्ण बिर सार्की, अभिषेक वाईवा,तिलक वली, तिलक जंग वली र लक्ष्मण बुढाथोकीले शुक्रबार रक्तदान गर्नुभएको थियो । रक्तदानमा प्राबिधिक सहयोग रक्त संचार केन्द्रका रेखा चौधरी र चन्द्रा केसीले गर्नुभएको थियो ।
शान्ति समाज दाङ शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापत्विमा शुरु भएको रक्तदान कार्यक्रममा बिषय प्रबेश शाखा सदस्य एवम कार्यक्रमका संयोजक भिमलाल मरासीनिले गर्नुभएको थियो भने सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।
जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना भएको दिनको अवसरमा सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आबश्यक बिषयक नागरिक संवाद शनिबार गर्ने तयारी गरेको छ ।