सुशील बस्नेत
तुलसीपुर,१७ जेठ
मानव अधिकार तथा शान्ति समाजको २९ औ स्थापना दिवसको अवसरमा बिहीबार शैषिक सामाग्री बितरण गरिएको छ । स्थापना दिवसको सन्र्दभमा साता ब्यापी कार्यक्रम अन्तर्गत बिहीबार अपाङगता भएका बालबालिकाहरुलाई कपी कलम र बिस्कुट बितरण गरिएको शैक्षिक सामाग्री बितरण कार्यक्रमका संयोजक तिलसरा पुनले जानकारी दिनुभयो ।
जेठ १७ गतेका दिन तुलसीपुुर स्थीत अपाङ्गता अध्ययन केन्द्र कालाखोलामा अध्ययनरत १२ जना बालबालिकाहरुलाई ति शैक्षिक सामाग्री तथा बिस्कुट बितरण गरिएको थियो ।
स्थापना दिवसका यस अवसरमा दाङ शाखाले बिभिन्न ९ वटा कार्यक्रम गर्ने शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो । जस अन्तर्गत शुक्रबार रक्तदान गर्ने कार्यक्रम तय भएको छ । रगत अभावका कारण कुनैपनि बिरामीले जोखिम लिन नपरोस् भन्ने उदेश्यले शान्ति समाजले स्थापना दिवसको अवसरमा रक्त दान कार्यक्रम समेत आयोजना गरेको शान्ति समाज दाङका सदस्य एवम रक्त दान कार्यक्रमका संयोजक भिमलाल मरासीनिले जानकारी दिनुभयो । शुक्रबार बिहान ८ बजे नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त संचार केन्द्र कालीका भवनमा रक्तदान कार्यक्रम हुने छ ।
यस्तै जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
जेठ २० गते लागू पदार्थ दुब्येशनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडीज्यु लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ । ती कार्यक्रम ब्यबस्थीत रुपमा सम्पन्न गर्न शाखाका कार्यसमितिका बिभिन्न ब्यक्तिहरुलाई संयोजनको जिम्मेवारी दिएको छ । यसैबिच, जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन र जेठ १६ गते लोकतान्त्री गणतन्त्र ः असललाई जिम्मेवारी खवारलाई दण्ड भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन तुलसीपुरमा गरिएको छ ।