शान्ति समाजको २९ औ स्थापना दिवसका अवसरमा साता ब्यापी कार्यक्रम

By Sushil basnet १६ जेष्ठ २०८१, बुधबार ०६:२२ १६ जेष्ठ २०८१, बुधबार ०६:२२ १६ जेष्ठ २०८१, बुधबार ०६:२२

सुशील बस्नेत
तुलसीपुर,१६ जेठ

मानव अधिकार तथा शान्ति समाजले २९ औ स्थापना दिवसको अवसरमा साता ब्यापी कार्यक्रम गर्दैछ । २०५३ साल जेठ १९ गते मानव अधिकार तथा शान्ति समाज स्थापना भएको हो । मानव अधिकार, लोकतन्त्र, शान्ति, अहिंसा, सदभाव र सहिष्णुतालाई मुल्य मान्यताका साथ स्थापना गरिएको शान्ति समाजको स्थापना दिवसका यस अवसरमा दाङ शाखाले बिभिन्न ९ वटा कार्यक्रम गर्ने शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो ।
जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन र जेठ १६ गते भ्रष्टाचार बिरुद्ध बिरोध प्रदर्सन, जेठ १७ गते तुलसीपुुर स्थीत अपाङ्गता अध्ययन केन्द्र कालाखोलामा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग, जेठ १८ गते रेडक्रस रक्तसन्चार केन्द्र कालिकादेवी भवनमा रक्तदान कार्यक्रम र जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
जेठ २० गते लागू पदार्थ दुब्येशनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडीज्यु लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ । ती कार्यक्रम ब्यबस्थीत रुपमा सम्पन्न गर्न शाखाका कार्यसमितिका बिभिन्न ब्यक्तिहरुलाई संयोजनको जिम्मेवारी दिएको छ । यसैबिच, जेठ १६ गते लोकतान्त्री गणतन्त्र ः असललाई जिम्मेवारी खवारलाई दण्ड भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन तुलसीपुरमा गरिएको छ ।
प्रदर्शन कार्यक्रम पश्च्यात आयोजीत कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, शान्तिथ समाज दाङका पूर्व सचिव चुर्णबहादुर चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बिषय प्रबेश उक्त कार्यक्रमका संयोजक मधुसुदन गौतम र सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।
१७ औ गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जेठ १५ गते दिप प्रज्वलन गरेको छ । तुलसीपुर स्थीत शान्ति स्मारक परिसरमा शान्ति बाटीकामा दिप प्रज्वलन गरिएको समाजका सहसचिव माधव बस्नेतले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *