सुशील बस्नेत
तुलसीपुर,१५ जेठ
१७ औ गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले दिप प्रज्वलन गरेको छ । तुलसीपुर स्थीत शान्ति बाटिकामा स्थापना गरिएको शहिद तथा बेपत्ताहरुको स्मृतिमा स्थापना गरिएको शान्ति बाटीकामा दिप प्रज्वलन गरिएको समाजका सहसचिव माधव बस्नेतले जानकारी दिनुभयो ।
शान्ति समाज दाङ शाखाका का.वा. सभापति कोमल डिसीको सभापतित्वमा दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपालीले राम्रो काम गर्ने नेतृत्व र खराव काम गर्ने नेतृत्वको पहिचान गर्नुपर्ने समय आईसकेको बताउनुभयो । समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले गणतन्त्रलाई संस्थागत गर्न नेतृत्व तह चुक्दै गईरहेको बताउनुभयो ।
सो अवसरमा पूर्ब केन्द्रिय उपसभापति मोहन धितालले मानव अधिकार तथा शान्ति समाजले समाज रुपान्तरणमा लाग्नुपर्ने सुझाब दिनुभयो । समाजका केन्द्रिय सदस्य तुलसीराम सुनारले गणतन्त्र प्राप्तको लागि नागरिक समाजबाट गरिएको त्यागको बारेमा चर्चा गर्नुभयो ।
शाखाका कोषाध्यक्ष यज्ञ बिकले बिषय प्रबेश,सदस्य तिलसरा पुनले धन्यबाद र सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।
शान्ति समाज दाङ शाखाले जेठ १५ गते गणतन्त्र दिवसदेखि,जेठ १९ गते शान्ति समाजको स्थापना दिवस र जेठ २३ गते वातावरण दिवस सम्म बिभिन्न ९ वटा कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।