फागुन १

आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिन सम्झँदै बिभिन्न पालिकाकाले सार्वजनिक बिदा दिएका छन् । फागुण १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो ।
नेकपा माओबादी केन्द्रबाट प्रतिनिधित्व भएका स्थानीय तह र केही वडा कार्यालय समेतमा सार्वजनिक बिदा र अन्य विभिन्न कार्यक्रम समेत गरेर ुजनयुद्ध दिवस’ मनाउने जनाएका छन् ।
जनयुद्धका सहिदको सम्झना, चियापान, शुभकामना आदानप्रदान तथा शीतल माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलाप समेत गरिएको ती पालिकाहरुले जनाएका छन् ।
जनयुद्ध दिवसका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएकोमा यसबर्ष त्यसको निरन्तरता दिईएको ती पालिकाहरुले जनाएका छन् ।
गत बर्ष संघिय सरकारले फागुण १ गते जनयुद्ध दिवसलाई सार्वजनिक बिदा दिएकोमा सर्बत्र बिरोध भएको थियो । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै जनयुद्ध दिवसको बिदा खारेज गरेको थियो ।
उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *