दाङ ,२१ माघ ।
रुस र युक्रेन तथा ईजारल र हमास बिचको युद्व रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । शान्ति समाजका बिभिन्न शाखाहरुले शान्तिपुर्ण प्रदर्शन गर्दै आएका छ्न । शान्ति समाज दाङ शाखाले अपरान्ह तुल्सीपुरमा युद्व निषेध शान्ति बिशेष अभियान अन्तर्गत शान्तिपुर्ण प्रदर्शन गरेको छ ।
समाज दाङका सभापति कोमल डिसीको सभापतित्वमा कार्यक्रम भएको थियो । आईतबार सो कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सदस्य तुलसीराम सुनार लगायत शाखाका कर्यसमिति र शुभेछुकको सहभागिता थियो । सन् २०२२ फेब्रुअरी २४ का दिन रूसले युक्रेनमा ठूलो आक्रमण सुरु भएको हो ।दुईदेश बिच युद्वका कारण कयौ मानिसको मृत्यु भएको छ ।
नीजि तथा सरकारी भौतिक क्षति ठुलो भएको छ ।नेपाली युबा समेत दुबै देशको सेनामा भर्ना हुदा कयौले ज्यान गुमाएका छ्न ।उता ईजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बिच युद्व भैइ रहेको छ । इजेरलमाथि अभूतपूर्व हमला गरेको हो। उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदियो भने थुप्रैलाई बन्धक बनाएर लगेको थियो। मृतकमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छ्न । कन्चनपुरका बिपिन जोशी हमासको नियन्त्रणमा छ्न । सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँ पटक ईजारलसँग लडाइँ गरिसकेको छ ।