घोराही,खैरा ११ चैत
सांग्रीला प्लाई उद्योग खैरा दाङमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । घोराही उपमहानगरपालिका वडा नम्वर ९ खैरा स्थीत सांग्रीला प्लाई उद्योगमा सोमबार बिहान साँढे १ बजे तिर आगो लागेको जानकारी भएको प्रोपाईटर गेहेन्द्र बस्नेतले बताउनुभयो । खवर गरे लगतै आगो नियन्त्रण गर्न शुरु थालिएको हो । उद्योगका प्रोपाईटर बस्नेतका अनुसार नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी तथा दाङ र बिभिन्न जिल्लाका दमकल परिचलान गरिएको छ । उद्योग परिसरको सबै भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ । भने पश्चिम क्षेत्रमा आगो सल्किदै गएको छ ।
दाङका तुलसीपुर,घोराही र लमही,बाँकेको नेपालगन्ज र कोहलपुर बर्दियाको बासँगढी, कपिलबस्तुको शिवजन र कृष्णनगर लगायतका दमकल परिचालन गरिएको छ । तर पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा कच्चा पदार्थ, प्लाई,काठका बिभिन्न प्रकारका निर्मित सामाग्री समेत करोडौ मुल्य बराबरको स्टोर गरिएको थियो । झण्डै २० बर्ष भन्दा बढि समय देखि सञ्चालनमा आएको यो उद्योगमा करिव ५ सय बढिले रोजगारी पाएका छन् । क्षतिको एकिन हुन गर्न अझै समय लाग्ने प्रहरीले बताएको छ । आगो आज सोमबार अबेर सम्म नियन्त्रणमा आउन सक्ने अनुमान गरिएको छ । उद्योगको आसपासका घर बस्तीलाई दृष्टिगत गरि सुरक्षीत गराइएको छ ।
