अटो ब्यवसायीद्धारा नगर प्रमुखको ध्यानआकर्षण

By Sushil Basnet २ भाद्र २०८१, आईतवार १०:३६ २ भाद्र २०८१, आईतवार १०:३६ २ भाद्र २०८१, आईतवार १०:३६

तुलसीपुर, ०२ भाद्र ।

अटो ब्यवसायीहरुद्धारा तुलसीपुर उप-महानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको ध्यानआकर्षण गरिएको छ । आईतवार अटो ब्यवसायीहरु होताराम बिष्ट, नोकलाल देवकोटा र पुरुष्तोत्म रजौरे सहितको १६ जनाको समुहले अटो ब्यवसायीहरुका समस्या लिएर नगर प्रमुख खड्काको ध्यानाकर्षण गराएको हो ।

तुलसीपुर बसपार्कमा पार्किङ ब्यवस्थापनका नाममा आम ब्यवसायीहरु मर्कामा परेको, बसपार्कमा ठेकेदार कम्पनीले बाहिरी गुडीरहेका अटो टेम्पोबाट पनि पार्किङ शुल्क असुल गरीररेको र अटो टेम्पो सुचिकरणका नाममा उपमहानगरपालिकाले ब्यवसायीलाई दोहोरो करको मारमा पारेको लगाएतका समस्या समाधानको माग सहित नगरप्रमुख टिकाराम खड्कालाई ध्यानाकर्षण पत्र बुझाईएको अटो ब्यवसायी नोकलाल देवकोटाले जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै तुलसीपुर उप-महानगरपालिकाका प्रमुख टिकाराम खड्काले मजदुरका समस्या हल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नगरले सुचिकरणको शुल्क नभई रुट ईजाजत शुल्क लिने र यातायात ब्यवस्था कार्यालयबाट रुट खारेज गरे पश्चात बाटो ईजाजत पत्र (रुट पर्मिट) पालिकाबाट उपल्ब्ध गराउने बताउनुभयो । रुट ईजाजतका सम्बन्धमा प्रदेश सरकार र सम्बन्धित निकायहरु संग छलफल भईरहेको उहाँको भनाई छ ।

हेर्नुहोस ध्यानआकर्षण पत्र

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *