भदौ २ गते
दाङ । दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले दिएको राजीनामा स्वीकृत भएको छ |
उपकुलपति लामिछानेले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओंली समक्ष साउन २७ गते राजीनामा दिनुभएको थियो । उहाको राजीनामा आज आईतबार स्वीकृत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संस्कृत विश्वविद्यालयमा उपकुलपति लामिछाने र कुल सचिव माधवप्रसाद अधिकारीबीच द्वन्द्व बढेपछि लामिछानेले राजीनामा दिनुभएको हो |
उपकुलपति लामिछानेले आफ्ना आसेपासेलाई नयाँ नियुक्ति र बढुवा गर्न थालेपछि कुल सचिव अधिकारीले सहमति दिनुभएको थियो | कर्मचारी भर्ना र बढुवामा अधिकारीले साथ नदिएपछि उपकुलपति लामिछानेले गत असार २७ मा अधिकारीलाई निलम्बन गरी कर्मचारी भर्ना र बढुवा गर्नुभएको थियो ।
आफ्नो स्वार्थ पूरा भएपछि उपकुलपतिले साउन १६ मा कुल सचिवको निलम्बन फुकुवा गरेका थिए, तर कुल सचिव अधिकारी निलम्बनको औचित्य पुष्टि नभएको भन्दै निलम्बन फुकुवा नभई फिर्ता हुनुपर्ने माग राखेर विश्वविद्यालयमा हाजिर हुनुभएको थिएन।
कुलपति रहेका प्रधानमन्त्री ओलीले विनाकारण गरिएको कुल सचिव निलम्बनको निर्णय फिर्ता लिन भनेपछि उपकुलपति लामिछानेले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
