२९ माघ
नेपालमा ५९ लाख नागरिक गरिबीको रेखामुनि रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९र८०’ सार्वजनिकमा कुल जनसंख्याको २०।२७ प्रतिशत गरिबीको रेखामुनि रहेको देखिन्छ ।
२०७८ सालको जनगणनाका आधारमा ५९ लाख ११ हजार ६५९ जना गरिबीको रेखामुनि रहेको मान्न सकिने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा। हेमराज रेग्मीले बताउनुभयो ।
यो चौथो नेपाल जीवनस्तर सर्वेक्षण हो । १२ वर्षअघि आर्थिक वर्ष २०६६र६७ मा भएको सर्वेक्षणले २५।१६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देखाएको थियो ।
डा। रेग्मीका अनुसार अघिल्लो सर्वोक्षणमा वार्षिक १९ हजार २६१ रुपैयाँलाई उपभोग आधार मानिएको थियो । १२ वर्षमा उपभोगमा आएको परिवर्तन र आवश्यकता तुलना गरेर आधार लाइन ७२ हजार ९०८ रुपैयाँ तोकिएको छ । अर्थात एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखिएको छ ।
यसो हुनुमा प्रतिव्यक्ति औसत वार्षिक उपभोग खर्चमा भएको वृद्धिलाई कारण मानिएको छ । कार्यालयका अनुसार २०६६र६७ मा नेपालमा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैयाँ थियो । १२ वर्ष अवधिमा उपभोक्ता मूल्य सूचकांकका आधारमा प्रतिव्यक्ति वार्षिक उपभोग खर्च ६६ प्रतिशत वृद्धि भएको छ । जसका कारण अहिले नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ ।
साथै खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न सक्नेलाई मात्र गरिबीको रेखाभन्दा माथि राखिएको छ ।
सर्वेक्षणका लागि २०७९ असारदेखि २०८० जेठसम्म तथ्यांक संकलन गरिएको थियो । देशभरिको प्रतिनिधित्व हुने गरी ९ हजार ६०० घरपरिवार छनोट गरिएको थियो । प्रदेश र स्थानीय तहको प्रतिनिधित्व नछुट्ने गरी घरपरिवार छनोट गरिएको डा। रेग्मीले जानकारी दिनुभयो ।
सर्वेक्षणका क्रममा घरपरिवारको उपभोग, आम्दानी, सेवा सुविधामा पहुँच, आवासीय सुविधा उपयोग, शिक्षा, स्वास्थ्य, रोजगारी, बचत तथा ऋण, विप्रेषण, जग्गा स्वामित्व र उपयोग जस्ता विषयमा तथ्यांक संकलन गरिएको थियो ।
आर्थिक वर्ष २०५२र५३ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणमा नेपालमा ४१।७६ प्रतिशत गरिबी रहेको देखिएको थियो २०६०र६१ मा यो दर ३०।८५ मा झरेको थियो । त्यस्तै २०६६र६७ मा गरिएको तेस्रो जीवनस्तर सर्वेक्षणमा २५।१६ प्रतिशतमा झरेको गरिबी दर चौथो सर्वेक्षणमा आइपुग्दा यसवर्ष २०।२७ प्रतिशतमा झरेको हो ।
खाद्यान्नमा खर्च आम्दानीको ५० प्रतिशत भन्दा माथि
सामान्यतया विकसित र गरिबी कम भएको मुलुकमा खाद्यान्नभन्दा गैरखाद्य उपभोगमा बढी खर्च हुन्छ । नेपालमा भने व्यक्तिले वर्षमा गर्ने कुल उपभोगमध्ये खाद्यान्नका लागि मात्र ५० प्रतिशतभन्दा माथि खर्च हुने गरेको सर्वोक्षणले देखाएको छ ।
अझै पनि ५३ प्रतिशत खर्च खाद्यान्न र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने गरेको छ । सन् २०११ मा भएको सर्वोक्षणले खाद्यान्नमा ६२ प्रतिशत र गैरखाद्यान्नमा ३८ प्रतिशत उपभोग हुने देखाएको थियो ।
यस अवधिमा नेपालीको भान्छामा ताजा तथा सुक्खा फलफूल, माछामासु उपभोगमा वृद्धि भएको पाइएको छ । यसक्रममा प्रतिदिन प्रतिव्यक्ति २ हजार २३६ किलो क्यालोरी आवश्यक पर्ने देखिएको कार्यालयले जनाएको छ ।
१२ वर्ष अगाडि ४० खाद्यवस्तुका आधारमा मात्र क्यालोरी मापन गरिएको थियो, यसपालि ३७ थपेर ७७ खाद्यवस्तुको सूची बनाइएको थियो ।
सुदूरपश्चिममा धेरै गरिबी
सोमबार सार्वजनिक तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा धेरै नागरिक गरिबीको रेखामुनि रहेको देखिएको छ । सहरमा १८।३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४।६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि पाइएको छ ।
प्रदेश अनुसार सबभन्दा धेरै गरिबी सुदूरपश्चिममा छ । तथ्यांक अनुसार यस प्रदेशमा ३४।१६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ ।
सबैभन्दा कम गण्डकी प्रदेशमा ११।८८ प्रतिशत र बागमतीमा १२।५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छ । गरिबीको फैलावटको हिसाबले सबैभन्दा धेरै मधेश प्रदेशमा छन् । यहाँ कुल गरिब जनसंख्याको २५।०८ प्रतिशत छ । लुम्बिनीमा २२।७६ प्रतिशत गरिबी छ ।
कुन प्रदेशमा कति प्रतिशत गरिबी
कोशी १३.८०
मधेश २५.०८
बागमती १२.६८
गण्डकी ४.८८
लुम्बिनी २२.७६
कर्णाली ६.७४
सुदूरपश्चिम १४.०२

