ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

प्रिगाँउको महायज्ञमा लक्ष्य २४ लाख संकलन समापनको अघिल्लो दिन सम्म ३४ लाख

सुशील बस्नेत
दाङ,२४ माघ

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ प्रिगाँउमा सञ्चालन गरिएको महायज्ञमा दाताहरुको आर्थिक सहयोग लक्ष्य भन्दा बढि भएको छ । करिव २४ लाख रुपैया संकलन हुने अपेक्षा गरिएकोमा ३४ लाखको हाराहारीमा संकलन भएको मुल आयोजक समितिका संयोजक होमप्रकास गौतमले जानकारी दिनुभयो । गत माघ १८ देखि शुरु भएको महायज्ञ बिहीबार माघ २५ गते सम्म सञ्चालन भएकोमा आज बिहिबार अपरान्ह् सम्पन्न गरिदैछ ।
मुल आयोजक समितिका संयोजक गौतमका अनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सप्ताह ज्ञान महायज्ञको औपचारिक रुपमा समापन गर्नुहुने छ ।
बुधबारको दिन मात्र झण्डै ११ लाख संकलन भयो, गौतमले भन्नुभयो । आज बिहिबार पनि दानदाताबाट संकलन हुने अपेक्षा गरिएको छ । हाम्रो लक्ष्य २४ लाख हो, बिहीबार सम्म ३४ लाखको हारहारीमा संकलन भएको छ, उहाँले भन्नुभयो ।
शोभा यात्रामा राखिएका जल सहितको कलशबाट ९६ हजार १ सय ३५ रुपैया संकलन भएको हो ।
बुधबार छैठौ दिन संबिधान सभा सदस्य बुद्धिराम भण्डारीले मन्दीरै मन्दीरको दाङ हुनु पर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका पुर्ब उपप्रमुख माया आचार्यले सबै मिले र बिकास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी तथा पत्रकार सुशील बस्नेतले स्थानीय स्तरमा सबैको सहभागितामा धेरै थोरै सहयोगबाट बिकास नागरिकका आबश्यकता पुरा गर्न सकिने बताउनुभयो कार्यक्रमको सहजिकरण खिमबहादुर वलीले गर्नुभएको थियो । पण्डीत कोमल उपाध्यायले कथावाचन गर्दै आउनुभएको महायज्ञबाट २४ लाख आर्थिक संकलन बाट खर्च कटाई बचेको रकमले महेश्वर शिव मन्दीरको भौतिक पूर्वाधार गरिने आयोजकले बताएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *