सुशील बस्नेत
दाङ ,२४ माघ
तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनमा माघ २४ गतेदेखि मेला सञ्चालन भएको छ । मेलाको उद्घाटन मन्तब्य ब्यक्त गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यबाहक अध्यक्ष श्रीकृष्ण बैद्यले मेला महोत्सव सञ्चालन हुदा अर्थतन्त्र चलायमान हुने बतभाउनुभएको छ । उहाँले भन्नुभयो,अर्थतन्त्र चलायमान गराउन मेला महोत्सवले ठुलो योगदान गर्दछ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद सुबेदीले तुलसीपुर महोत्सवले सामाजिक उत्तरदायीत्व पुरा गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मुलुकको मुहार फेर्न अर्थतन्त्र बलियो र सम्बृद्ध हुनुपर्नेमा जोड दिनुभयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यमक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा,तुलसीपुर उपमहानगरपालिकाका पुर्व नगरप्रमुख घनश्याम पाण्डे,दंङिगशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी,नेकपा एमालेका अध्यक्ष हुकुम बस्नेत,प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी,तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,दाङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष टंक सिं बुढाथोकी लगायतले बोल्नुभएको थियो । सहजिकरण संघका सह कोषाध्यष बिमल गौतमले गर्नुभएको थियो । महोत्सव फागुण ८ गते सम्म सञ्चालन हुने छ ।महोत्सव अघि शोभायात्रा शुरु भएको थियो । महोत्वसमा ३ सय बढि स्टल राखिएको छ । तर शुरुको दिनमा भने ब्यबस्थापनमा केही कम्जोरि भएको महोत्वस हेर्न पुगेकाले गुनासो समेत गरेका छन् ।

