सुशील बस्नेत
दाङ,२४ माघ
बह्रमाकुमारी राजयोग ईश्वरीय बिश्वबिद्यालय तुलसीपुरको ३० औ बार्षिकोत्सव मनाईएको छ । बुधबार तुलसीपुर स्थीत कार्यालयमा बार्षिकोत्सव मनाईएको हो ।
बिश्वबिद्यालयका क्षेत्रिय प्रमुख गिता तिमिल्सीनाको अध्यक्षता एवम राप्ती बबई क्याम्पस तुलसीपुरका निर्वतमान प्रमुख प्रकास रावतको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव मनाईएको हो । २०५० सालमा तुलसीपुरमा स्थापना भएको र त्यसको दुई बर्ष पछि २०५२ सालदेखि सेवामा सर्मपीत तिमिल्सीनाले बिभिन्न ६ जिल्ला र १५ शाखा बिस्तार गर्न सफल हुनुभएको सुनाउनुभयो ।
सो अवसरमा निर्वतमान क्याम्पस प्रमुख रावतले कर्तब्यलाई पालना गर्न सके मुलुक परिर्वतन हुन सक्ने बिचार राख्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगपालिकाका जनसम्पर्क शाखाका प्रमुख झरेन्द्र खरेल,मानव अधिकार तथा शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति एवम पत्रकार सुशील बस्नेत,महिला अधिकारकर्मी सुष्मा गिरी लगायतले बार्षिकोत्सवका अबसरमा शुभकामना ब्यक्त गर्नूभएको थियो ।
तुलसीपुर स्थीत बिश्वबिद्यालयको दैनिक सञ्चालन हुने कक्षा र मुरलीमा भागलिने मध्ये ४ जनालाई सम्मान गरिएको थियो । बार्षिक रुपमा ३ सय ६५ दिन मध्ये ३ सय ३४ दिन उपस्थीत हुने रेवती केसी प्रथम, ३ सय २६ दिन उपस्थीति हुने पुष्पा भट्टराई दोस्रो,३ सय १७ दिन भगत श्रेष्ठ तेस्रो स्थान र ३ सय ६ दिन कक्षामा उपस्थीत हुने खिमनारायण श्रेष्ठ सान्त्वना हुनुभएको थियो । उहाँहरु ४ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उर्मीला र सहजिकरण शिवलाल महतराले गर्नुभएको थियो ।

