सुशील बस्नेत
दाङ,२४ माघ
शिकार खेल्न गएका साथी लाई गोली हानी फरार दमाई माईला भन्ने मंगल नेपाली झण्डै ३ बर्ष पछि पक्राउ परेका छ्न ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ घर भएका नेपालीले सगै शिकार खेल्न गएका खुसलराम पौडेललाई गोली हानी गम्भिर घाईते बनाई फरार रहेकोमा घाईतेको भारत लखनाउमा उपचारको २०७७ माघ २० गते मृत्यु भएको थियो ।
२०७७ माघ १० गते दाङको लमही नगरपालिका वडा नंम्वर ९ स्थित पाखापानी सामुदायिक वनमा शिकार खेल्न गएको अवस्थामा नेपालीले आफ्नो साथमा शिकार खेल्न गएका साथी पौडेललाई गोली हानी गम्भिर घाईते बनाई फरार भएका थिए । उक्त घटना पटि नेपाली लुकिछिपी बस्दै आएकामा लमही नगरपालिका वडा नंम्वर ६ स्थित पुर्व पश्चिम राजमार्गको अर्जुन खोलावाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका नेपालीबाट घटनाको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

