ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

सुशील बस्नेत
दाङ,२३ माघ

५० लाख बढि बचत गर्ने उदेश्यले तुलसीपुर महोत्सव २०८० भोली बुधबारदेखि शुरु गरिदैछ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनमा महोत्सव सञ्चालन गरिएको हो । २०७६ पछि सञ्चालन नगरिएको संघको महोत्सव यसपटक पुनः शुरु गरिएको छ । महोत्सवको तयारी पुरा भएको जानकारी दिन मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्नु हुदै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बिरबहादुर रावत बिरुको कार्यकालमा मेला महोत्सव सञ्चालन गरिएको भएपनि मेला महोत्सव कार्यबिधि नहुदा त्यसपछिका दिनमा सञ्चलान गर्न नसकिएको जानकारी दिनुभयो । ब्यबसायिक मेला उद्योग ब्यबसायीको छाता संगठन र घरेलु तथा साना उद्योगले मात्र सञ्चालन गर्ने गरि तुलसीपुर उपमहानगरपालिकाले कार्यबिधि बनाएका कारण अव ब्यबस्थीत र सजिलो गरि मेला महोत्सव सञ्चालन हुने बताउनुभयो ।

खर्च कटाई ५० लाख बढि बचत गर्ने
तुलसीपुर महोत्सव २०८० माघ २४ देखि फागुण ८ गते सम्म सञ्चालन हुने मंगलबार आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । स्थानीय जातिहरुको फुड फेस्टिवल,स्थानीय उत्पादनको प्रर्दशनी,औद्योगिक ब्यापार, हस्तकला,अटो मोवाईल्स, सूचना प्रबिधिहरुको प्रर्दशन र राष्ट्रिय लोक दोहोरी तथा लोक नृत्य प्रतियोगीता समेत हुने मुल आयोजक समितिका संयोजक एवम तुलसीपर उद्योग बाणिज्य संघका अध्यक्ष चालिसेले बताउनुभयो । ३ सय बढि स्टल रहने छन् । प्रति स्टल खाजा नास्तअ र होटलका लागि ३३ हजार र फेन्सी देखि अन्यका लागि २० हजार सम्म शुल्क तोकिएको छ । तर उद्योग बाणिज्य संघको सदस्य भएको खण्डमा केही छुट दिएको छ । स्टलको भाडा,टिकट र बिज्ञापनबाट संकलन भएको रकमबाट खर्च कटाई ५० लाख बढि बचत गर्ने समेत अध्यक्ष चालिसेले सुनाउनुभयो ।
उक्त बचत भएको रकमले तुलसीपुर ९ दोघरेमा निर्माण गरिएको १ हजार जना अट्ने सभाहलमा कुर्सी,एसी,फ्यान,जेनेटर लगायतको ब्यबस्थापन पहिलो प्राथमिकता रहेको छ,उहाले भन्नुभयो । त्यस्तै महोत्सवबाट बचत रकमबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को हलवारमा निर्माण गरिने मानव सेवा आश्रम (मानव स्मारक) निर्माणार्थ १ लाख ५१ हजार रुपैया योगदान गर्ने,अरणीको मैदानको हालको क्षेत्रलाई उत्तर तर्फ बिस्तार गरि ब्यबस्थीत गर्ने,आचार्यकुलम दाङको भवन निर्माणार्थ आर्थिक सहयोग गर्ने र राप्ती बहिरा संघमा अध्ययनरत बालबालिकाका लागि अक्षयकोष स्थापना गर्ने लगायतका रहेका छन् ।

११ बजे शोभायात्रा र उद्घाटन १ बजे
महोत्सवको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण बैद्यले गर्नुहुने छ । बिहान ११ बजे तुलसीपुरको नयाँ बसपार्कबाट शोभा यात्रा शुरु हुने छ । शोभा यात्राले बजारका बिभिन्न भागको परिक्रममा गरि तुलसीपुर घोराही सडक खण्डको उत्तर तर्फको हात्तिखौवा स्थीत महोत्सव स्थलमा पुग्ने छ । कलश,झाँकी,बिभिन्न भेषभुषा,संस्कृतिको पहिचान सहितको शोभा यात्रा महोत्सव स्थलमा पुगे लगतै दिँउसो १ बजे महोत्वसको बिधिवत रुपमा उद्घाटन हुने छ ।

नि ःशुल्क प्रबेशको ब्यबस्था
माघ २४ गतेदेखि संचालन भएको महोत्सवको पहिलो दिन उद्घाटनका अबसरमा कुनै पनि शुल्क लाग्ने छैन भने २५ गतेदेखि शुल्क निर्धारण गरिएको छ । बिद्यार्थीहरुका लागि ८० रुपैया र अन्यलाई प्रति ब्यक्ति एक सय रुपैया टिकट शुल्क तोकिएको छ । तर बृद्धबृद्धा जेष्ठ नागरि,अपाङगता र पत्रकारलाई परिचय पत्र देखाएमा निशुल्क प्रबेशको ब्यबस्था गरिएको मुल आयोजक समितिले जनाएको छ ।
बुधबारको पत्रकार सम्मेलन संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो । भने उक्त अबसरमा पत्रकार सुशील बस्नेत र नारायणी रजौरले महोत्सवको सफलतको शुभकामना ब्यक्त गर्नूभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रुपबहादुर खत्री र सहजीकरण पत्रकार एवम संघका प्रेस सल्लाहाकार शरद रेग्मीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *