तुलसीपुर, २२ माघ ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यपालीका बैठक थर्कोटको लेकमा बसेको छ । १८ औ कार्यपालिक बैठकले नगरसभाको मिति तय गरेको छ ।
उपमहानगरपालिकाको १४ औँ नगरसभा आगामी माघ २६ गते गर्ने निणर्य भएको नगर प्रवक्क्ता एवं वडा नम्वर १८ का अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । प्रवक्ता वलीका अनुसार नगरसभा तीनदिन सम्म सञ्चालन गरेर माघ २८ गते समापन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै वैठकले विभिन्न कार्ययोजना तथा प्रतिवेदन पास गरेको छ । मदिरा नियन्त्रण सम्बन्धी तयार भएको कार्ययोजना सर्वसम्मतीले पास गरेको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । आज(सोमबार) बसेको कार्यपालिकाको बैठकबाट कोष सञ्चालन सम्बन्धी प्रतिवेदन पनि पास भएको छ । यस्तै खानेपानी सम्वन्धी ऐन भने १८ औँ कार्यपालिका वैठकमा टेवल भएको छ ।
कार्यपालिका बैठकले तुलसीपुर उपमहानगरपालिकाबाट संघ र प्रदेशमा माग गर्ने समपूरक अनुदान र बिशेष अनुदान अन्तरगतका छनौट गरेर प्राप्त भएका योजनाहरु माग गर्ने निणर्य समेत गरेको छ । तुलसीपुर बजारदेखि करिव १७ किलोमिटर उत्तरतर्फ रहेको वडा नम्वर ३ मा पर्ने थर्कोट लेकमा १८ औँ कार्यपालिका बैठक बसेको होे ।
