दाङ,२५ माघ
स साना बालबालिकाले जातिय पहिचान र समाबेशीताको झल्क प्रदर्शन गर्दा सहभागि अभिभाबक प्रसन देखिए । तुलसीपुर स्थीत हिमाल एकाडेमीले २० औ बार्षिकोत्सव एवम अभिभावक भेलामा बालबालिकाले ब्रहामण,क्षेत्री, गुरुङ, मगर, थारु, दलित, राउटे, मुस्लीम,बौद्धिष्ट, क्रिस्चीयन लगायत सबै जातजाति र धर्मलाई एक सुत्र बाँिधएको झल्क प्रर्दशन गरेका थिए । कक्षा ३ सम्मका ति बिद्यार्थीहरुले संघियता कार्यान्वयनमा देखिएका केही चुनौतिलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने सांकेतिक प्रर्दशन थियो ।
शिशु कक्षादेखि कक्षा १२ सम्मका बालबालिकाहरुले अतिरिक्त कृयाकलाप प्रदर्शन गरेका थिए । असाध्य ब्यबस्थीत ढंगले बालबालिकाले कार्यक्रममा सहभागिता देखाउदा आ आफ्ना अभिभावक मुस्कुराही रहेका थिए ।
२०६१ सालमा स्थापना भएको हिमाल एकाडेमीले २० बर्ष पुरा गरि २१ बर्षमा प्रबेश गरेको अवसरमा साता ब्यापि कार्यक्रम गरि बार्षिकोत्सव मनाई रहेको छ ।
बिहीबार बार्षिकोत्सव कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका सदस्य गणेश अधिकारीको अध्यक्षता, प्याब्सन लुम्बिनीका बरिष्ठ सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यता र बरिष्ठ सहजकर्ता एवम अधिकारकर्मी सुशील बस्नेतको बिशिष्ठ आतिथ्यतामा भएको थियो ।
कार्यक्रमम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि अधिकारीले जिवनका लागि पढाई महत्वपूर्ण हो भन्नुहुदै त्यो भन्दा महत्वपरुर्ण असल मान्छे बन्नु पर्नेमा जोड दिनुभयो ।
असल मान्छे बन्नका लागि घर,स्कुल र बिद्यार्थी बिचमा त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बिचार राख्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति एवम बरिष्ठ सहजकर्ता सुशील बस्नेतले साक्षारता अभियान र दक्ष जनशक्ति उत्पादनमा नीजि बिद्यालयको भूमिको चर्चा गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमप्रकास न्यौपानेले बिद्यालयमा गरिने अतिरिक्त क्रियाकलापले बिद्यालय सँग बिद्यार्थी र बिद्यार्थीबाट अभिभावकलाई जोडने काम हुने बताउनुभयो ।
बिद्यालयका सहायक प्रधानाध्यापक मुकेश कुमारले स्वागत मन्तब्य र सहजिकरण शिक्षक सनोद थापा र बिद्यार्थी रीतु लामिछानेले गर्नुभएको थियो ।
हिमाल एकाडेमीमा उच्च शिक्षा कक्षा कानुन,बिज्ञान र ब्यबस्थापन संकायमा समेत अध्यापन हुदै आएको छ ।
बार्षिक उत्सवका अवसरमा उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने साताब्यापी कार्यक्रम माघ २९ गते समापन हुने बिद्यालय प्रशासनले जनाएको छ ।

