ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

२७ माघ 

तुलसीपुर,२७ माघ । दाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि रगशाला सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गर्नुभएको हो ।

जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु हमालको अध्यक्षता एवम प्रदेशका अर्थमन्त्री मास्कीको प्रमुख आतिथ्यतामा शुरुभएको प्रतियोगितामा तेक्वान्दो, कराते, एथ्लेटिक्स, भलिबल, कबड्डी, उस्सु खेलमा प्रतिस्पर्धा हुनेछन् । शनिबारदेखि सुरु भएको खेल माघ २९ गतेसम्म चल्नेछन् ।

त्यस अवसरमा प्रमुख अतिथि मास्कीले खेलले राष्ट्रलाई चिनाउने भन्दै खेल क्षेत्रलाई मर्यादित र ब्यबस्थित गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासकालागि प्रदेश सरकार दत्तचित्त रहेको समेत बताउनुभयो । प्रतियोगितामा दाङका १० वटा पालिकाका खेलाडी सहभागि छन् । विगतमा विद्यालयका तर्फबाट सहभागि हुने गरेका थिए ।
जिल्ला खेलकूद विकास समितिका सदस्य नोखी रावतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष ध्रुब आचार्यले गर्नुभएको थियो

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *