ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026


दाङ,२८ माघ
दाङका दलित महिलाहरुले संवाद संस्कृति प्रति रुचि राखेका छन् । महिला ( दलित) अभियान्ताहरुले संवाद संस्कृतिको बारेमा जानकारी लिएका हुन ।
समान बसाई,आलोपालो सुन्ने सुनाउने,गहिरो अध्ययन र बिश्लेषण गर्ने जानकारी र शान्ति निर्माणमा गरिने प्रक्रियाका बारेमा सिकेका दलित महिला संघका पोषण सेन्चुरीले बताउनुभयो ।
तुलसीपुर, घोराही, लमही, दंङगीशरण र बबई गाँउपालिकाका अगुवा महिला(दलित) अभियाान्ताहरुले सिकेको सिपलाई समुदायमा कार्यान्वयन गर्ने बताएका छन् । दलित महिला संघको आयोजना तथा एन.एफ.जे को सहयोगमा २५ जना महिलाहरुले संवादको सीप सिकेका हुन । आधारभूत तहको सिप सिकेका ती सहभागि महिलाहरुले समुदायमा सद्भाव कायम गर्न र परिवार भित्रको अन्तरघुलन गर्न ठुलो मद्धत पुग्ने बताएका छन् ।
तालिमको प्रशिक्षकमा संवादका बरिष्ठ सहजकर्ता एवम श्रोत ब्यक्ति सुशील बस्नेत र संवादका श्रोत ब्यक्ति निर्मल नेपाली हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *