ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

दाङ,माघ २८

दाङका बिभिन्न पालिकामा सञ्चार सेवा पुरयाउन बिटिएस टावर सञ्चालन आएका छन् । चालु आर्थिक वर्षमा नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।
यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा डाँडामा पुगि मोवाईल फोन मार्फत सम्पर्क गर्नुपर्ने बाध्यता थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । “विद्युत्का कारणले रोकिएका छन्”, उहाँले भन्नुभयो, “विद्युत्को मिटर जडान हुनेबित्तिकै अन्य ठाउँमा पनि टावर सञ्चालनमा आउनेछन् ।”
उहाँका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमा टावर सञ्चालनमा ल्याउने तयारी रहेको उहाँको भनाइ छ । त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । अबको केही समयमा टावर निर्माणको काम अघि बढ्ने प्रमुख शर्माको भनाइ छ ।

दाङमा हालसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका छन् । तीमध्ये फोरजीका आठ सय र एक हजार आठ सय मेघाहर्जमा सञ्चालनमा रहेको प्रमुख शर्माले बताउनुभयो ।

साथै जिल्लामा कुन ठाउँमा कस्तो गुणस्तरको सेवा सञ्चालन भइरहेको छ भन्ने कुराको मापन पनि भइरहेको छ । दाङमा इन्टरनेटका लागि टेलिकमको एफटिसीएच सेवा ७१ र फाइबर टु द होम सेवा ९एफटिटीएच० पाँच हजार पाँच सय रहेका छन् । साथै तत्कालै ६० एफटिसीएच थप गर्ने तयारी रहेको समेत प्रमुख शर्माले बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *