सुनिता रावल
दाङ,१ फागुण
माध्यामिक बिद्यालय दोघरे दाङले पहिलो पटक बार्षिकोत्सव भब्य रुपमा मनाएको छ । ४९औ बार्षिकोत्सव समारोह तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष एवम बिद्यालय ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष घनश्याम ढकालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा बार्षिकोत्वस उद्घाटन गरिएको थियो ।
मंगलबार बिद्यालयको ४९ औ बार्षिकोत्सवको अवसरमा नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले माध्यामिक बिद्यालय दोघरेमा २ लाख १५ हजार राशीको अक्षकोष स्थापना गर्नुभएको छ । पिता कबिराम रेग्मी र आमा गोकु रेग्मी तथा ससुरा बेदराज अधिकारी र सासु नेत्रकुमारी अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । उक्त बिद्यालयका संस्थापक सचिव रेग्मीले २०३१ सालमा स्थापना गरिएको बिद्यालयमा शुरुका बर्षमा धानचामल संकलन गरि संचालन गरिएको बिद्यालयले पछिल्ला दिनमा राम्रो ब्यबस्थापनका साथ अगाडी बढेको देखि अक्षयकोष स्थापना गर्न आफुलाई प्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले महिला नेतृत्वको भूमिका सवल र सक्षम यस बिद्यालयमा देखा परेको बताएका थिए । उक्त बिद्यालयमा गत बर्षदेखि सुनिता यादवले प्रधानाध्यापकको भुमिका निर्वाह गदै आउनुभएको छ । उहाँको नेतृत्वका कारण बिद्यालयमा केही परिर्वतन भएको भन्दै प्रशंसा समेत गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडका,सामाजिक बिकास समितिका संयोजक एवम वडा नम्वर ११ का वडा अध्यक्ष मानबहादुर रावत,शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेत,पर्व शिक्षक नेत्रलाल भट्टराई र जीतबहादुर खडका,अमृतपुर खानेपानीका अध्यक्ष दशरथ वली,ग्रेट अरणीको माध्यामिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकुमार देवकोटा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा लामो समयदेखि बिद्यालयमा अध्यायपन गराउदै आउनुभएका र निवृत्त शिक्षक शिक्षीकाहरुलाई सम्मान गरिएको थियो । भने बिद्यालयका उत्कृष्ठ बालबालिकाहरुलाई पुरस्कृत गरिएको थियो । बिद्यार्थीहरुले बिभिन्न अतिरिक्त कृयाकलापहरु प्रर्दशनी गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य अनुस्का खनाल र एलीजा भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक मेघराज पोख्रे्रलले गर्नुभएको थियो ।

