ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

१ फागुन

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।

तिनाउ गाउँपालिका–६ का वडाध्यक्ष टोमबहादुर पुनका अनुसार, दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ । उद्धार गरिएकाहरुलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *