९ असार
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ १९ पैसा र बिक्रीदर १५१ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १४ पैसा र बिक्रीदर १७३ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ १४ पैसा र बिक्रीदर २०० रुपियाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ०२ पैसा र बिक्रीदर १८७ रुपियाँ ७७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ८५ पैसा र बिक्रीदर १०६ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६५ पैसा र बिक्रीदर १०७ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ९१ पैसा र बिक्रीदर ११७ रुपियाँ ३८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ३२ पैसा र बिक्रीदर २२ रुपियाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ २७ पैसा र बिक्रीदर ४० रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ४७ पैसा र बिक्रीदर ४१ रुपियाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ १६ पैसा र बिक्रीदर ४१ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ४४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८३ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७४ पैसा र बिक्रीदर १५ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १६ पैसा र बिक्रीदर २३ रुपियाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ २८ पैसा र बिक्रीदर १९ रुपियाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपियाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपियाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९४ रुपियाँ २८ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
विदेशी मुद्राको विनिमयदर

