देशकै उत्कृष्ट सामुदायिक बिद्यालय सेन्टरको ५५ औ बार्षिकउत्सव

तुलसीपुर,१३ माघ

२०२७ सालमा स्थापना भएको माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरको ५५ औ बार्षिकउत्सव एबम अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । सामुदायिक बिद्यालय तर्फ २०८१ सालमा देशकै प्रथम स्थान हासिल गरि नेपाल सरकारबाट शिक्षा दिवसका अवसरमा पुरस्कृत भएको यस बिद्यालयले यसअवसरमा बिबिध बिधामा उत्कृष्ठ भएका बिद्यार्थीलाई सम्मान गरेको छ ।
२ हजार ५ सय ७९ जना बिद्यार्थी रहेको यस बिद्यालयमा ९६ जना शिक्षक शिक्षीका कार्यरत छन् । कक्षा १ देखि १२ कक्षा र डिप्लोमा तर्फ बिभिन्न प्राबिधी कक्षा सञ्चालन भईरहेको यस बिद्यालयमा केही चुनौति समेत रहेको बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेलले जानकारी दिनुभयो । बिद्यार्थीको चापका कारण भौतिक पूर्वाधार तर्फ कक्षा कोठा, शिक्षक दरबन्दी,केही जनशक्ति र पिउने पानीको श्रोत मुख्य रहेका उहाँको भनाई छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेश कुमार रावतको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछाने,समाज सेवी सुरेश हमाल, मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत,माध्यामिक बिद्यालय बालापुरका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक के.सी.,तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसे, ताईकोण्डो संघ लुम्बिनी प्रदेशका अध्यक्ष मोहन सिंह सुनार,लक्ष्मी मा.बि.का प्रधानाध्यापक प्रेम वली,बिद्यार्थी मनिषा वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उक्त बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नरेश वलीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रधानाध्यापक भोला प्रसाद पौड्ेल र शिक्षीका मेनुका रासकोटीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *