ब्रेकिङ न्युज
Wed. Mar 4th, 2026

सुशील बस्नेत
१७ माघ

त्रिदेव सेकेण्डरी अग्रेजी बोर्डिङ स्कुलले ३० औ बार्षिकोत्सव शनिबार तुलसीपुरमा मनाएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलकराम खडकाको अध्यक्षता एबम प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव भब्यसमारोहका बीच मनाईएको हो । सो अवसरमा प्याब्सन दाङका अध्यक्ष एबम प्रमुख अतिथी न्यौपानेले नीजि बिद्यालय सञ्चालन २०३७ सालदेखिको ईतिहास रहेको जानकारी दिनुभयो । दाङमा राप्ती बोर्डिङ स्कुल तुलसीपुर र घोराहीमा मेरी गोल्ड स्कुल दाङमा पहिलो नीजि बिद्यालय रहको चर्चा गर्नुभयो । २०२८ सालको शिक्षा ऐन संशोधन नहुदा नीजि बिद्यालयहरु निकै संघर्ष गरिनु परेको उहाँले बताउनुभयो ।
सो अवसरमा नेपाली काग्रेस दाङका सभापति एबम समाजसेवि कृत्तिबहादुर खड्काले अहिलेको परिस्थीतिमा नैतिक शिक्षाको आबश्यकता रहेको बताउनुभयो ।
त्यसैगरि कक्षा ९ की छात्रा सुवना श्रेष्ठा र बिद्यालयका पूर्व प्रधानाध्यापक मोहन पुरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृत प्रस्तुति गरेका थिए । भने कार्यक्रमको सञ्चालन संन्दीप वलीले गर्नुभएको थियो ।

मानव अधिकार सम्बन्धि अभिमुखिकरण
तुलसीपुर,१८ माघ
बिनु वली
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शान्ति समाजमा आबद्द सदस्यहरु लाई संस्थाका मुल्य मान्यता सम्बन्धि अभिमुकिरण शनिबार प्रदान गरेको छ ।
झण्डै ५० जना बढिलाई शाखाले तुलसीपुरमा अभिमुखिरकण दिएको शाखा सभापति कोमल डि.सी.ले जानकारी दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति मोहन प्रसाद धितालले समाजका केही नीति,मान्यता र परम्परा,पूर्व केन्द्रीय सचिव निर्मल नेपालीले शान्ति समाजले लागु गर्दै आएको आचारसहिंता, शान्ति समाजका केन्द्रीय सदस्य निर्मला पोख्रेल गौतमले परिदृश्य,उदेश्य र मूल आदर्शमा उल्लेखित बिषय र केन्द्रीय सचिव तुलसीराम सुनारले राष्ट्रिय परिषद्बाट पारित भावि कार्यक्रम र अभियानका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा उच्च अदालत तुलसीपुरका अध्यक्ष मधुसुदन गौतम,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनील के.सी.,शान्ति समाज सल्यान शाखाका पूर्व सभापति बिष्णु शर्मा, ग्रीन तुलसीपुर क्लीन तुलसीपुरका अभियान्ता बिमल रिजाल, ब्यबसायी यज्ञ के.सी.,शान्ति समाज दाङका सल्लाहकार निर्मला डाङी योगी लगायतले अभिमुखिकरणले मानव अधिकारको क्षेत्रमा क्रियाशिल ब्यक्ति र संस्थाका लागि उपयोगी रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रम शान्ति समाज दाङका सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति अमृत प्रसाद शर्माले र सञ्चालन सचिव माधव बस्नेतले गर्नुृभएको थियो । त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ स्थीत नवदुर्गा सामुदायिक बनमा वनभोज कार्यक्रम समेत सम्पन्न भएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *