पुजा गुप्ता
फागुन १
हिमाल एकाडेमी तुलसीपुरले २२ औ स्थापना दिवस २ दिवसीय कार्यक्रम गरि मनाएको छ । बिद्यालय सञ्चालक समितिका अध्यक्ष बिनयकुमार मिश्रको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने,लु
म्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष श्रमलाल चौधरी लगायतले शिक्षामा रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिद्यार्थीहरुले गीत,नृत्य, नाटक लगायतका प्रस्तुति गरेका थिए । त्यस अवसरमा १० जनाले रक्त दान गरेका थिए । लोकप्रीय गायक गोबिन्द मधुर आचार्य,प्रेम बिबश घर्ती र गजलकार सुशील पुन बिरहीको प्रस्तुति रहेको थियो । अभिभावक दिवसको सन्र्दभमा बिद्यालयको गतिबिधिका बारेमा प्रीन्सीपल मधुसुदन केसीले जानकारी गराउनुभएको थियो ।
हिमाल एकाडेमीको २२ औ स्थापना दिवस

