चैत १५ गते

ब्रिज कोर्स कक्षा आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी १ वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो।
मन्त्रालयले ब्रिज कोर्सले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्ने र आर्थिक बोझ पर्ने उल्लेख गरेको छ।
यो निर्णय विद्यालय तह र उच्च शिक्षाका भर्ना प्रक्रिया अघि लिइएको हो र शिक्षा मन्त्री सस्मित पोखरेलको कार्यकालमा आएको हो।
‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शिक्षा मन्त्रीमा सस्मित पोखरेल आएपछि यो निर्णय भएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *