ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

तुलसीपुर, ९ माघ

बालबालिकाका लागि संस्कार, अनुशासन,नैतिक शिक्षाको कक्षा तुलसीपुरमा शुरु गरिएको छ ।
मनकामना ज्योतिष तथा बास्तु परमार्श केन्द्र तुलसीपुरको आयोजनामा शुक्रबार सनातन वैदिक परम्परामा आधारित नैतिक शिक्षाको शुभारम्भ गरिएको केन्द्रका प्रमुख माधवा शर्माले जानकारी दिनुभयो ।
कक्षा ७ सम्मका बालबालिकाकाहरुलाई संस्कार,अनुशासन,नैतिक शिक्षाको कक्षा प्रदान गरीने छ । हप्ताको एक दिन शनिबार कक्षा सञ्चालन गरीने छ भने ध्यान र योग मार्फत बालबालिकाहरुलाई संस्कारी र नैतिकवान बनाईने केन्द्रले जनाएको छ । श्रीपञ्चमीको अवसर पारि संस्कार शिक्षा कक्षा शुभारम्भ गरीएको हो ।
नेपाल संस्कृत बिश्वबिद्यालयका प्राध्यापक निल प्रकास सापकोटाको अध्यक्षता, बिश्वबिद्यालयका प्राध्यापक डाक्टर अर्जुन प्रसाद भटटराईको प्रमुख आतिथ्यता तथा मावन अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतको बिशिष्ट आतिथ्यतामा कक्षा शुभारम्भ गरिएको थियो ।
त्यसअवसरमा प्राध्यापक डाक्टर भटटराईले अहिलेको समाजमा सांस्कारी नागरिकको आबश्यकता रहेकोमा जोड दिनुभयो ।
सो अवसरमा अधिकारकर्मी सुशील बस्नेतले आर्थिक अबस्था बलियो बन्दै गएको समाजमा संस्कार र नैतिकता कम्जोर बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य बसन्ता शर्माले सहजिकरण माधवा शर्माले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *