हेकुली
नागरिक संग नेपाली कांग्रेस भन्ने अभियानका साथमा आज दंगीशरण गाउपालीकामा कार्यक्रम संचालन गरिएको छ | वडा नम्वर सातका सभापति टेक बहादुर थापाको सभापतित्व एवं जिल्लाको तर्फबाट खटाएका प्रतिनिधि घनश्याम सेर्पाइलीको प्रमुख आतिथ्यतामा अभियानको शुभारम्भ गरिएको हो |
कार्यक्रममा सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सेर्पाईलीले आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश तह र संघिय तहमा बहुमत प्राप्त हुने गरि सबै कांग्रेसजन लाग्न आग्रह गर्नुभयो |
सो अवसरमा दोर्ण देबकोटा, सुबोध डाँगी, स्वर्ग बहादुर केसी , भैरव खत्री , मोहन रेग्मी ,राघव देवकोटा , भिम बहादुर बुढाथोकी , सेवकराम भट्टराई र मधु चौधरी लगायतको सहभागिता रहेको थियो |
‘सय दिने अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर-आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।
अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।
पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।