ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने एमाले सचिवालय बैठकले प्रस्ताव पारित

साउन १

नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।
असार ३२ गते बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।
विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो ।
त्यस्तै पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह कायम रहनेछ । प्रस्तावित नयाँ संरचनाअनुसार केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ अर्थात् ८४ जना पोलिटब्युरोमा रहने प्रस्ताव गरिएको छ ।
सचिवालयको व्यवस्थालाई हटाउने गरी पदाधिकारी नै स्थायी कमिटीको रूपमा काम गर्ने प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पदलाई विधानबाट हटाउने प्रस्तावमा पनि सहमति जुटेको नेताहरुले बताएका छन् ।
सचिवालयबाट पारित भएपछि साउन ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकले त्यसमा छलफल गर्नेछ ।
पोलिटव्युरो र केन्द्रीय कमिटीमा छलफल भएर भदौमा बस्ने विधान महाधिवेशनले प्रस्ताव पारित गरेपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *